परशुराम नगरपालिका द्वारा कृषकलाई गहु बीउ वितरण

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिकाले ५०% अनुदानमा कृषक लाई  गहु बीउ वितरण सुरु गरेकाे छ।

गत विगतका वर्ष झैँ यस वर्ष पनि कृषि साखा परशुरामले गहु बीउ वितरण गर्न लागेकाे कृषि साखा प्रमुख कालू सिह वाेहराले जानकारि दिनु भएको छ ।

साखाले असाेज १ गते देखि गहु विउ उपलब्धताका लागि कृषकलाई निवेदन आह्ववान गरि आवश्यक मात्रामा गहु बीउ खरउद गरि वितरण गर्न लागेकाे हाे ।

परशुराम नगरपालिकाकाे हावापानि माटाे,जमिनमा उत्पादन फसल हुने विजय र डब्ल.के. १२०४ जातकाे बीउ ५०% अनुदानमा वितरण गर्न लागेकाे हाे ।

उक्त विउकाे  वजार मूल्य प्रति किलाे ७० रुपैयाँ रहेकाेमा ५०% परशुराम नगरपालिका कृषि साखाले व्यहाेर्ने र ५० % कृषकले ब्यहाेरि बीउ वितरण भइ रहेकाे साखा प्रमुख बाेहराकाे भनाइ छ ।

कृषक,कृषि सहकारि,कृषक समुहहरुले नेपाली नागरिकताको प्रमाण पत्रकाे प्रतिलिपि सहित निवेदन र ५० प्रतिशत अनुदान रकम जम्मा गरि सके पछि नगरपालिकाले बीउ वितरण सुरु गरेकाे हाे ।

परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जाेशीले आइतबार नगरपालिकाकाे कम्पलेक्स भवन गाेदाम वाट कृषकलाई बीउ हस्तान्तरण गर्नु भएको हाे ।

परशुराम नगरपालिका कृषि साखाले गत विगतमा पनि,उन्नत धान बीउ,गहु बीउ,कृषि उपकरण,विसादि,प्राविधिक सीप दिई कृषि उत्पादनमा टेवा दिई रहेकाे समेत नगर प्रमुख भरत वडायर जाेशीले वताए ।

याे आर्थिक वर्षमा पनि,कृषि उत्पादनमुखि,सीप,तालिम र उपकरण विशादि वितरण जस्ता धेरै कार्यक्रम जारि रहने र उत्पादनमा बढि भन्दा बढि जाेड दिइने नगर-प्रमुख जाेशीको भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.