रुपा नेपाली,डडेल्धुरा
हरेक वर्ष झै यस वर्ष पनि डडेल्धुराको परशुराम नगरपालिका वडा.न. ६ ले ‘स्वर्गिय नरबहादुर धामीको स्मृतिमा पाँचौं नगर स्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
परशुराम नगरपालिका वडा.न ६ स्थित पुरानो चौकी बण्ड खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने वडाअध्यक्ष खगेन्द्र वहादुर सिहले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६१ हजार ५५५ रुपैयाँ र उप–विजेताले नगद ३१ हजार ५५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खगेन्द्र सिंह जानकारी दिए ।
त्यसै गरि उत्कृष्ट बलर र ब्याटस्म्यान लाई समेत पुरुस्कार दिईने उनले जानकारी दिए ।
प्रतियोगिता यही कात्र्तिक १८ गते देखि सञ्चालनको तयारी भई रहेको अध्यक्ष सिह को भनाई छ ।
