+पुनपुना क्लव द्वारा नगर स्तरिय क्रीकेट प्रतियोगिता उदघाटन

पदम जाेरा,डडेल्धुरा

विगत लामाे समय देेखि समाज रुपान्तरण,स्वास्थ्य सरसफाइ  र खेलकुद क्षेत्रमा कृयाशिल +पुनपुना क्लव परशुराम १२ पुन्तुराकाे आयोजनामा नगर स्तरिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता शनिवार उदघाटन भएको छ ।

प्लस पुनपुना क्लवका अध्यक्ष हिक्मत वहादुर साउदकाे अध्यक्षता तथा काङ्ग्रेस डडेल्धुराका सभापति भिम वहादुर साउदकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता शनिवार उदघाटन गरिएको अध्यक्ष हिक्मत साउदले जानकारी दिनु भयाे ।

परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जाेशी,भागेश्वर गाउँपालिका अध्यक्ष हेराज चटाेेेेतको बिशिस्ट आतिथ्यतामा प्रतियोगिता उदघाटन गरिएको हाे ।

नगरभरिका २२ टिमकाे सहभागीता रहेकाे प्रतियोगिता परशुराम १२ स्थित रङ्गमैदानमा जारि रहेकाेछ ।

bb

Leave A Reply

Your email address will not be published.