पदम जाेरा,डडेल्धुरा
नेपाली काङ्ग्रेस नगर कार्य समिति परशुराम डडेल्धुराले शनिवार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेपाली काङ्ग्रेस पार्टिले हरेक वर्ष काेजाग्रत पुर्णिमाका दिन दशै,तिहार,छठ र नेेपाल सम्वतकाे सुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएकोछ ।
शनिवार अर्थात कार्तिक ११ गते नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सहित देशैभर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
यता नेपाली काङ्ग्रेस परशुराम नगर कार्य समिति,डडेल्धुराले पनि नियमित तथा बार्षिक कार्यक्रम सम्पन्न गरेकाे हाे ।
नेपाली काङ्ग्रेस नगर कार्य समिति परशुराम सभापति भरत वडायर जाेशीको सभापतित्व तथा काङ्ग्रेस डडेल्धुरा सभापति भिम वहादुर साउदकाे प्रमुख आतिथ्यतामा चियापान कार्यक्रम सम्पन्न भएको नगर सचिव खगेन्द्र सिहले जानकारी दिए ।
कार्यक्रमकाे विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य पठान सिह वाेहरा,पुर्व राष्ट्रिय सभा सदस्य चक्र प्रशाद स्नेहि,काङ्ग्रेस डडेल्धुरा सचिव हेमराज चटाेत,सहित नगर स्तरिय सरकारि तथा गैरसरकारी कार्यालयका प्रमुख ,प्रतिनिधि ,सुभेच्छुक तथा भात्रि सङ्गठनका प्रमुख प्रतिनिधि , निर्वाचित जनप्रतिनिधि , १२ वटा वडाका सभापति ,कृयाशिल सदस्य ,क्षेत्रीय प्रतिनिधि,महाधिवेशन प्रतिनिधिहरुकाे उलेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको काङ्ग्रेस परशुराम सचिव मञ्जु धामीले वताइन ।
परशुराम १२ स्थित सदरमुकाम कभर्डहलमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको हाे ।
