पदम जोरा,डडेल्धुरा
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति डडेल्धुराले दशै,तिहार,नेपाल सम्वत र छठ पर्वको अवसरमा डडेल्धुरा अस्पतालमा रहेका बिरामी, कुरुवा र कर्मचारीलाई फलफुल वितरण गरेको छ ।
नेपाली विद्यार्थी संघ डडेल्धुरा अध्यक्ष पवन ऐरको संयोजकत्वमा जिल्ला सदरमुकाममा उपलब्ध पार्टीका , नेता, नेबिसंघ नेताहरुको सहभागितामा डडेल्धुरा अस्पतालमा भर्ना भएका करिब ५० जना बिरामी, कुरुवा र अस्पतालका कर्मचारीहरुलाई फलफुल वितरण गरीएको नेबिसंघ डडेल्धुरा अध्यक्ष पवन ऐरले गाउँघरन्यूजलाई जानकारी दिए ।
उनले भने ‘ नेपाली काँग्रेस पार्टीको दशै, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी सञ्चालन हुने सुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अन्तरगत आफुहरुले डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेका हौं ।
हरेक मानव जातीको गारो अप्ठ्यारोमा सहयोग गर्ने परम्परा र मानविय धर्म स्वरुप उक्त कार्यक्रम आयोजना गरीएको उनले जानकारी दिए ।
शनिवार विहान ९ वजे अस्पतालमै पुगी फलफुल वितरण गरिएको अध्यक्ष ऐरले जानकारी दिए ।
