पदम जाेरा,डडेल्धुरा
इलाका प्रहरी कार्यालय जाेगबुडाकाे अगुवाइमा परशुराम १२ स्थित जाेगबुडा १२ सरसफाइ गरिएको छ ।
इलाका प्रहरी कार्यालय जाेगबुडाका प्रहरी निरिक्षक गगन भाटकाे नेतृत्वमा प्रहरी मेराे साथि अभियान अन्तरगत वजार सरसफाइ गरिएको प्रहरी निरिक्षक भाटले वताए ।
परशुराम वडा.न १२ का वडा अध्यक्ष महाबिर कामी,हाेटल व्यवसायी ,यातायात व्यवसायी ,उद्योगि ,व्यपारि,कर्मचारी हरुले शनिवार वसपाार्क देखि जाेगबुडा वजार क्षेत्र हुदै द्वारिका चाेक सम्म सरसफाइ गरिएको जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सरसफाइ सचेतना हुने सुन्दर सफा देखिने भएकाले सरसफाइ गरिएको प्लस पुनपुना क्लबका अध्यक्ष हिक्मत साउदले वताए ।
याे अभियान गाउँ गाउमा सञ्चालन गर्न सके सरसफाइ हुने र विभिन्न खाले सरुवा राेगवाट बच्न सकिने चिकित्सककाे भनाइ छ
