कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रा.लि.को सयुक्त आयोजनामा डडेल्धुराको परशुराम ४ पोखरी खेलमैदानमा असोज २९ वाट खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्व.नारयण कठायतको स्मृतिमा पहिलो पटक खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएकोछ ।
प्रतियोगिताका लागि प्रायोजक, सह–प्रायोजक सहित अन्य तयारी भई रहेको भए पनि पुरुस्कार राशि भने तय नभएको आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए ।
हामी तयारीमा जुटेका छौं खुल्ला प्रतियोगितामा उत्कृष्ठ नै पुरुस्कार रहन्छ बोहराले वताए ।
हिन्दुहरुको महान चाड दशै मान्नका लागि देश विदेश ,नौकरी अध्ययनको शिलशिलामा बाहिर रहेका युवा साथिहरु गाउँ फर्कीनु भएको छ ।
साथि भाई भेटघाट हुने, दशै तिहारको सुभकामना आदान–प्रदान हुने, पछिल्लो समय विश्व व्यपी रुपमा लोकप्रिय र आकर्षण बन्दै गई रहेको क्रिकेट खेलमा रुची बढ्ने, खेलाडी उत्पादन र खेलक्षेत्रको बिकास हुने भएकाले प्रतियोगिता आयोजना आवश्यक रहेको आयोजकले जनाएकोछ ।
अन्तमा ईजरायल घटनामा ज्यान गुमाएका प्रति हामी गहिरो सोक क्यक्त गर्दै घाईतेको सिग्र स्वास्थ्यभको कामना गर्दछौ भन्दै आयोजकले दुःख व्यक्त गरे ।
