रुपाल बहुमुखि क्याम्पसकाे अनुमतिका लागि टाेलि काठमाडौं

डडेल्धुरा,पदम जाेरा

डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा.न. २ रुपालकाे पुरानाे अशिग्राम माद्यामिक विद्यालयमा  बहुमुखी क्याम्पस सञ्चालन र अनुमतिका लागि रुपाल वाट सर्वपक्षीय र सर्वदलिय टाेलि राजधानी काठमाडौं पुगेकाे छ ।

जिल्लाकाे पुरानाे विद्यालयका रुपमा स्थापित अशिग्राम माबि लाई अनुमति प्रदान गरि कक्षा सञ्चालन गर्ने गरि पहल भइ रहेकाे शिक्षक अभिवाबक संघ अध्यक्ष रामदत्त जाेशीले जानकारि दिए।

हामीले आवश्यक प्रकृया सहित विश्व विद्यालयमा फाइल बुझाएको र अब विश्वविद्यालयकाे टाेली स्थलगत अनुगमनमा पुग्ने उनले वताए ।

क्याम्पस अनुमति  र सञ्चालनका लागि पुर्व प्रधानमन्त्री तथा काङ्ग्रेस केन्द्रीय सभापति शेर वहादुर देउवा लाई भेटि सहयाेग गरि दिन आग्रह गरिएको जाेशीले जानकारी दिए ।

उक्त सर्वदलीय र सर्वपक्षीय टाेलिमा सुदुरपश्चिम प्रदेस पुर्व सामाजिक विकास मन्त्री गाेविन्दराज वाेहरा,काङ्ग्रेस डडेल्धुरा सभापति भिम वहादुर साउद,काङ्ग्रेस नेता तथा पुर्व जिविस सभापति रघुवर भट्ट माओवादी केन्द्रका युवा नेता विश्नु प्रशाद पाण्डेय,अशिग्राम माबिका शिक्षक तथा क्याम्पस सञ्चालन समिति सदस्य राजेन्द्र पाण्डेय,काङ्ग्रेस डडेल्धुरा सह-सचिव गाेविन्द वाेहरा,अमरगढि नगरपालिकाका निर्वाचित वडा अध्यक्ष खेमराज भट्ट सहितकाे सर्वदलिय र सर्वपक्षीय टाेली काठमाडौंमा रहेकाे छ ।

आफुहरु मन्त्रालय,विश्व विद्यालय  र सराेकारवाला  निकाय तथा ब्यक्तिहरुलाई भेटि क्याम्पस सञ्चालन ,अनुमतिका लागि डेलिकेशन सहित काठमाडौं पुगेकाे जाेशीले जानकारि दिनु भएको छ ।

 

bb

Leave A Reply

Your email address will not be published.