पदम जाेरा ,डडेल्धुरा
बझाङमा फेरि भूकम्प गएको छ। शनिबार बिहान ११ः४५ मा बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
गत मंगलबार बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर पराकम्पहरू गइरहेका छन्।
