
डडेल्धुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।डडेलधुराकाे आलिताल गाउंपालिका वडा न. ७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टकाे मृत्युु भएको हो ।
इलाका प्रहरी कार्यालय,जाेगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार बिधुतकाे मेन लाइनबाट तार तानेर सुनखोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।
शनिवार साझ करिब ६ बजे बिष्ट करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागी जोगबुडा अस्पताल लगिएको थियो । बिष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको अस्पताल श्रोतले जनाएको छ ।
उक्त घटना वारे थप अनुसन्धान भइ रहेकाे समेत प्रहरिले जनाएकाे छ ।
