परशुरामका व्लड क्यान्सर पिडितको उपचारका लागि आर्थिक सहयोगको अपिल


रुपा नेपाली,डडेल्धुरा
विगत डेढ वर्ष देखी व्लड क्यान्सर रोगको उपचारत डडेल्धुराको परशुराम नगरपालिका वडा.न १० सापासेला वस्ने भान वहादुर बिष्टका ७ वर्षिय छोरा यादव विष्ट हाल पनि उपचारत छन ।
हाल छोरा यादव विष्टको भारतको नयाँ दिल्ली स्थित सफदरजंग अस्पतालमा उपचार भईरहेको ऊनले सुनाए ।
विगतमा पनि स्वदेश तथा विदेशवाट आर्थिक सहयोग जुटाई नेपाल र भारतका बिभिन्न अस्पतालमा वालकको उपचार भई रहेको छ ।
लामो समयको उपचार र अस्पताल वसाईका कारण आफुलाई आर्थिक समस्या आई लागेको पिडितका वुवा भान वहादुर विष्टले सुनाए ।
पहिले पनि स्वदेश र विदेशवाट ,आफन्त,ईष्टमित्र, दाजु भाई दिदि बहिनीहरुले आ–आफ्नो गक्ष अनुसार सहयोग गरि उपचारमा मदत पुगेको विष्टले सुनाए ।
आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भइ रहेकालेफेरी एकपटक आ–आफ्नो क्षेत्रवाट सहयोग गरिदिन ऊनले रेडियो परशुराम र गाउँघरन्यूज मार्फत स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाई दिदि बहिनिमा अनुरोध गर्नु भएको छ ।
ऊनले आर्थिक सहयोगका लागि एनआईसि एसिया बैंकमा रहेको भान वहादुर विष्टको नामको खाता.न. १८५५७५२९१६१३५००१ समेत सार्वजनिक गर्नु भएको छ ।


वडा.न. १० का स्थानीय युवा समाजसेबी जयराज बिष्टले यस पुर्व पनि सामाजिक संजाल मार्फत ‘यादव विष्ट वचाउ’ अभियान सुरु गरि आर्थिक संकलन गरि दिएको ऊनले सुनाए ।
गत फागुन देखी चैत्र २८ गते सम्म जयराज बिष्ट सहितका युवाहरुको प्रयासवाट २ लाख आर्थिक संकलन भएको समेत पिडित वालकका वुवा भान वहादुर विष्ट र काका बिर वहादुर विष्टको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.