पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकाका स्थानिय तहका कर्मचारि संघिय निजामती ऐन बिरुद्ध आन्दोलित भएका छन ।
नगरपालिकाकाे बिभिन्न तहमा कार्यरत कर्मचारीहरुले स्थानीयतह केन्द्रीय कमिटिकाे सर्कुलर अनुसार आफ्ना मागहरु राखेका छन ।
सरकारले ल्याउन लागेकाे संघिय ऐन स्थानिय तह,संघिय र प्रदेस तहका बिभिन्न खाले कर्मचारी प्रति विभेदकारि भएको भन्दै देसभरका स्थानियतहका कर्मचारी आन्दोलित भएका छन।
केन्द्रीय सर्कुलर अनुसार १ घण्टा कार्यालयामा धर्ना दिने,हातमा कालाे पट्टि बाधेर सेवा दिने केन्द्रीय सर्कुलर रहेकाे कर्मचारिहरुकाे भनाइ छ ।
