भागेश्वर माबि शिर्षमा स्व.रामवाेहरा स्मृति अक्षयकोष स्थापना

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे भागेश्वर माध्यमिक विद्यालय परशुराम नगरपालिका ३ शिर्षमा राम वाेहरा स्मृती अक्षयकोष स्थापना गरिएको छ ।भागेश्वर माबि वाट  १० कक्षा उतिर्ण गरेका राम वाेहराकाे मिति २०८० असार १५ गते जङ्गलमा दाउरा काट्ने वेला लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियाे ।

मृतकका वुवा धन वहादुर वाेहराले छाेराकाे सम्झनामा भागेश्वर माबि शिर्षमा छाेरा स्व.रामबोहरा स्मृृति अक्षयकाेष स्थपना गर्ने लक्ष्य वाेकि अगाडि वढे ।

रेडियो परशुराम एफ.एम.लाई गुहारि उनले आर्थिक सहयाेगकाे अपिल गरे ।

स्थानिय रेडियो परशुराम एफ.एम.का पत्रकार श्याम बोहराले सामाजिक सञ्जाल मार्फत स्व.राम वाेहरा स्मृति अक्षयकाेष आर्थिक सहयाेग सुरु गरि असाेज ९ गते साेमवार विद्यालयमा औपचारिक कार्यक्रम सहित ८५ हजार ५ सय ८५ रुपैयाँ वरावरकाे अक्षयकाेष स्थापना गरिएकाे विद्यालयका प्रधानाध्याप प्रेम वहादुर शाहिले वताए ।

उक्त अक्षयकोष रकमकाे विद्यालयले कार्यविधि निर्माण गरि जेहेन्दार ,गरिव,उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गरिने भएको छ ।

स्व.राम वाेहराका वुवा धन वहादुर बाेहराकाे अध्यक्षता तथा परशुराम नगरपालिका वडा. नं ३ का वडाध्यक्ष  नरेश वहादुर खवासको प्रमुख आतिथ्यतामा उक्त अक्षयकाेष स्थापना गरिएको हाे ।

कार्यक्रममा वडा.न ३ समाजसेवि,बुद्धिजीवी ,स्वास्थ्यकर्मी ,शिक्षक,विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

स्व.रामवाेहराकाे १७ वर्षको उमेरमा मृत्युु भएको थियाे ।  भागेश्वर माध्यमिक विद्यालय परशुराम नगरपालिका ४ कटालमा प्राबिधिक धार तर्फ कक्षा ११ मा उनि अध्ययनरत थीए।

उनी कक्षा ११ मा पास भएकाे भागेश्वर माबि कटालले जनाएको छ ।

कार्यक्रमकाे अन्तमा स्व.रामवाेहराकाे अक्षयकोष स्थापनामा सहयाेग गर्नु हुने,सहयाेगि लाई विद्यालय परिवार,मृतकका वुवा र सामाजिक अभियान्ता तथा पत्रकार श्याम वाेहराले धन्यवाद दिनु भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.