कृषि शाखा परशुरामले ५०% अनुदानमा गहु बीउ वितरण गर्ने

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिकाले ५०% अनुदानमा कृषकलाई  गहु बीउ वितरण गर्ने भएको छ ।

गत विगतका वर्ष झैँ यस वर्ष पनि नगरपालिका कृषि साखाले कृषकलाई गहु बीउ वितरण गर्न लागेकाे कृषि साखा प्रमुख कालू सिह वाेहराले जानकारि दिनु भएको छ ।

साखाले असाेज १ गते सुचना जारि गरि असाेज २४ गते भित्र विउ उपलब्धताका लागि निवेदन पेष गर्न हुन अनुराेध गरेकाे छ ।

परशुराम नगरपालिकाकाे हावापानि माटाे,जमिनमा उत्पादन फसल हुने विजय र डब्ल.के. १२०४ जातकाे बीउ ५०% अनुदानमा वितरण गरिने भएको हाे ।

उक्त विउकाे  वजार मूल्य प्रति किलाे ७० रुपैयाँ रहेकाेमा ५०% परशुराम नगरपालिका कृषि साखाले व्यहाेर्ने र ५० % कृषकले ब्यहाेर्नु पर्ने सुचनामा उल्लेख छ ।

कृषक,कृषि सहकारि,कृषक समुहहरुले नेपाली नागरिकताको प्रमाण पत्रकाे प्रतिलिपि सहित निवेदन पेष गर्नु पर्नेछ ।

परशुराम नगरपालिका कृषि साखाले गत विगतमा पनि,उन्नत धान बीउ,गहु बीउ,कृषि उपकरण,विसादि,प्राविधिक सीप दिई कृषि उत्पादनमा टेवा दिई रहेकाे वाेहराले वताए ।

याे आर्थिक वर्षमा पनि,कृषि उत्पादनमुखि,सीप,तालिम र उपकरण विशादि वितरण जस्ता धेरै कार्यक्रम रहेकाे उनलेे  गाउँघरन्युज लाई जानकारि दिए ।

bb

Leave A Reply

Your email address will not be published.