परशुराम वडा.न १ सलौन द्वारा डेउडा प्रतियोगिता सम्पन्न

पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न. १ ले भाद्र २९ गते शुक्रवार डेउडा प्रतियोगिता सम्पन्न गरेको छ ।
वडा.न १ का वडाअध्यक्ष लाल बहादुर धामीको अध्यक्षता तथा वडा सदस्य एबम् कार्यपालिका सदस्य दुरा खातीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को महिला लक्षित कार्यक्रम अन्तरगत महिला डेउडा प्रतियोगिता आयोजना गरिएको वडा सचिव निराजन जैशीले जानकारी दिए ।
शुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा वडाका महिला आमा समुहहरु विच डेउडा प्रतियोगिता गराईएको वडा अध्यक्ष लाल वहादुर धामीको भनाई छ ।
अविकसित हाम्रो मुलुकमा अझै महिला दिदि बहिनीहरु घरभित्रै चुलो चौको र वालवालिकाको स्याहार सुसारमा व्यस्त हुने गर्दछन ।
वर्ष दिनमा एक पटक मनाईने विशेस गरि चेलीका चाडपर्वहरु गौरा,तिज र तिहारलाई लिने गरिन्छ ।
यि चेलीका चाडपर्वमा महिला दिदि बहिनिहरुले र्फुसद निकालेर आफ्ना आफन्त, माईती, भेटघाट, संगै नाचगान र डेउडा गितका माध्यमवाट मनभित्रका पिडा,कुण्ठा,वेदना र दुःख सुख साटासाट गर्ने गर्दछन ।
शुक्रवार परशुराम नगरपालिका वडा.न १ सलौनले सोही अवसर महिलाका लागि भागेश्वर माद्यमिक विद्यालय प्राङगणमा जुटाएको हो ।
वडा.न. १ भित्र कृयाशिल ८ महिला आमा समुहहरुको सहभागितामा प्रतियोगितात्मक डेउडा प्रदर्षन गरिएको अध्यक्ष धामीले जानकारी दिए ।
सहभागी सबै महिला समुहको प्रस्तुती ,लय, शब्द चयन , भाका,पोषाक निकै मनछुने रहेको उनले सुनाए । तर प्रतियोगिता आयोजना गरि सके पछि प्रथम,द्वितिय,तृतिय र सान्त्वना घोषणा गर्नु पर्ने व्यवस्था अनुसार सबै विजयी हुन नसकेका हुन ।
प्रतियोगितामा सहभागि प्रथम,द्वितिय,तृतिय र सानत्वता चार समुहलाई नगद,प्रमाण प्रदान गरिएको उनले जानकारी दिए ।
नेपाल सरकारको नियमानुसरा पुरुस्कार राशिमा कर कट्टी गरि प्रथम हुने समुहलाई ८ हजार, दोस्रो हुने समुहलाई ६ हजार, तेस्रो हुने समुहलाई ४ हजार र सान्त्वना हुने वाकि चार वटै समुहलाई नगद १/१ हजारका दरले नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता सम्पन्न भए पश्चात साझ ५ वजे देखी राति ९ वजे सम्म सहभागि सम्पुर्ण महिला,पुरुषहरुले सयुक्त डेउडा खेली रमाईलो गरेको वडा सचिव निराजन जैशीले जानकारी दिए ।
कला,संस्कृति,भेषभुषा जर्गेनामा सबैले एकजुट भए भोलीको पुस्ताले पनि शुदूरको कला, संस्कृति, भेषभेसा, रहन–सहन, चाडपर्व, धार्मिक मान्यता ईतिहास,जान्ने र जोगाउन सक्ने साहित्यकार कैलाश कुमार पाण्डेयको भनाई छ ।
शुदूरका धार्मीक र सांस्कृतिक चाल चलन,भेषभुसा र परम्परालाई प्रदेस सरकार, स्थानीय सरकार र ईतिहास तथा जानकारहरु जुटेर जोगाउनु जरुरी रहेको समेत पाण्डेयको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.