रुपा नेपाली,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकामा बिद्यालय स्तरीय अतिरिक्त कृयाकलाप प्रतियोगिताकाे आयोजना गरि ५९ औं राष्ट्रिय बाल दिवस मनाइएकाेछ ।
बालबालिकामा लगानि : सुनिश्चित भविष्यकाे थालनि भन्ने राष्ट्रिय नाराका साथ शिक्षा ,युवा तथा खेलकुद शाखा र महिला तथा वालवालिका शाखाकाे सयुक्त आयोजनामा माद्यामिक तह स्तरिय, बक्तित्वकला, आ बि (१-५) चित्रकला र आ बि (६-८) वादविवाद प्रतियोगिताकाे आयोजना गरिएको शिक्षा शाखा परशुरामका प्रमुख लक्ष्मि विष्टले वताउनु भयाे ।
२ चरणमा भाद्र २८ र २९ गते छुट्टा-छुट्टै प्रतियाेगिता आयोजना गर्ने तयारि गरिएको भए पनि २८ गते राष्ट्रिय साेक विदा परेकाले भाद्र २९ गते ३ वटा कार्यक्रम एकै दिन सबै प्रतियाेगिता गर्नु परेकाे साखा प्रमुख विष्टकाे वताउनु भयाे ।
परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जाेशीको संयोजकत्वमा नगरपालिका कम्पलेक्स र आधारभुत तह स्तरिय चित्रकला र वाद विवाद प्रतियोगिता सम्पन्न गरिएको उनले जानकारी दिनु भयाे ।
यस्तै शिद्दनाथ माद्यमिक विद्यालय जयपुर जाेगबुडामा विव्यस अध्यक्ष ओम प्रकास खातिकाे अध्यक्षता तथा नगर – प्रमुखसु भरत वडायर जाेशीको प्रमुख आतिथ्यतामा माबि स्तरिय बक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
नतिजा यस प्रकार रहेको छ ।
माबितह स्तरिय बक्तित्वकलामा, शिद्दनाथ माबि जयपुर प्रथम,ग्रीनभ्यालि वाेर्डिङ दाेस्राे,सिताराम माबि कुरमुल्ले तेस्राे र भागेश्वर माबि सलौनले चतुर्थ (सान्त्वना) स्थान हात पारेकाेछ ।त्यसैगरी आ.बि.तह स्तरिय वादविवाद प्रतियोगितामा शिव शंकर माबि सादनि प्रथम,भागेश्वर माबि शिर्ष दाेस्राे,भागेश्वर माबि सलौन तेस्राे र समैजी आबी रजेउडा कटालले चतुर्थ (सान्त्वना) स्थान हात पारेकाे छ ।
हिजाे अर्थात भाद्र २९ मा नै सम्पन्न आबी तह स्तरीय चित्रकला प्रतियोगितामा ग्रीनभ्यालि बोर्डिङ जाेगबुडा प्रथम,पायाेनियर चाइल्ड एकेडेमी कटाल दाेस्राे,विपि प्राबि आमपानी तेस्राे र शिद्दनाथ माबि जयपुर जाेगबुडाले चतुर्थ ( सान्त्वना ) स्थान हात पारेकाेछ ।
प्रतियोगितामा सहभागी सम्पुर्ण विद्यालयका छात्र-छात्रा लाई मापदण्ड अनुसार पुरुस्कार,प्रमाण पत्र समेत साखा वाट प्रदान गरिएको शिक्षा साखा परशुरामका प्राबिधिक सहायक महेश भट्टले जानकारि दिनु भयाे ।
