पबित्रा राेकामगर,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकाले विपद पुर्वतयारि तथा प्र्रतिकार्य याेजना निर्माणका लागि छलफल गरेकाे छ ।
परशुराम नगरपालिकाकाे समग्र विपदकाे अवस्था,अध्ययन गरि याेजना निर्माण गर्न लागिएको हाे ।
परशुराम नगरपालिका,निड्स नेपाल कञ्चनपुर NNSWA कञ्चनपुर सयुक्त साझेदारिमा नगरपालिकाकाे समग्र बिपद पुर्व तयारि तथा प्रतिकार्य याेजना तयार हुन लागेकाे छ ।
नगरपालिका र विभिन्न विपदका क्षेत्रमा कृयाशिल गैरसरकारी संघ संस्थाहरुले गरेकाे सर्वेक्षण लाई आधार मानी विपद जाेखिम क्षेत्र र पुर्वतयारि ,प्रतिकार्यका उपाय विषयमा छलफल पश्चात् याेजना निर्माण गरिने नगरपालिकाका विपद कार्यक्रम संयोजक हृदयेस धामिले जानकारि दिनु भएको छ ।
नगरपालिकाले विपद जाेखिम, पुर्वतयारि तथा प्रतिकार्य याेजना अनुसार ताेकिएकाे मापदण्डका आधारमा जस्ताे सुकै विपदकाे सामना गर्न सकिने नगर- प्रमुख भरत वडायर जाेशिले वताए ।
नगर-प्रमुख भरत वडायर जाेशीको संयोजकत्वमा विपद पुर्व तयारि तथा प्रतिकार्य याेजना निर्माण माथि व्यापक छलफल गरिएको हाे ।
पुर्व सुचना,प्रतिकार्य राहत,उद्दारमा पनि सहज हुने भएकाले याे याेजना जरुरी रहेकाे नगर-प्रमुख जाेशीको भनाइ छ ।
नगर-उप प्रमुख बिमला कुमारी महता,तीन वटा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारि,निड्स,NNSWA प्रतिनिधि ,स्वास्थ्य शाखा,कृषि शाखा,सञ्चारकर्मी र रेडक्रस ,युवा क्लबहरुकाे सहभागीतामा छलफल सम्पन्न भएको हाे ।
