परशुराममा भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउने

पदम जाेरा,डडेल्धुरा

शिक्षा साखा परशुरामले राष्ट्रिय बाल दिवस २०८० काे अवसरमा प्राबि,आधारभुत र माबि तह स्तरिय चित्रकला,वक्तित्वकला र वादविवाद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

वालवालिकामा लगानि:शुनिशित भविश्यकाे थालनी भन्ने मुल नाराका साथ सरकारले भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउने भएको छ ।

यता डडेल्धुराकाे परशुराम नगरपालिकाले विद्यालय स्तरिय अतिरिक्त कार्यक्रम आयोजना गर्ने भएको हाे ।

भाद्र २८ र २९ गते शिक्षा साखाले र महिला तथा वालवालिका साखाकाे साझेदारीमा कार्यक्रम आयोजना गर्न लागेको शिक्षा साखा परशुरामका प्रमुख लक्ष्मी बिष्टले वताउनु भयाे ।

यस वर्षकाे दिवसकाे नारा अनुसार हामी वालवालिका लक्षित कृयाकलापहरु गर्न लागेकाे उनलेे वाताइन ।

भाद्र १८ गते साखाले सबै सामुदायिक, निजि,माबि,प्राबि र आबी लाई परिपत्र जारि गरेकाे छ ।

स्थानीय परशुराम एफ.एम.वाट फेसबुक मार्फत सुचना जारि गरेकाे शिक्षा साखा प्राबिधिक सहायक महेसराज भट्टले वताए ।

प्रत्येक विद्यालयवाट १ छात्र १ छात्राकाे प्रतियोगितामा सहभागीता हुनेछ भने, सहभागीलाई पुरुस्कारकाे समेत व्यवस्था गरिएको भट्टले जानकारि दिएकाछन ।

 

 

 

bb

Leave A Reply

Your email address will not be published.