परशुराम ६ ले कृषककाे नि:शुल्क बिधुत महशुल भुक्तानीका लागि सुचना जारी

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न. ६ काेे कार्यालय कुणाले निर्णय गरेकाे नि:शुल्क विधुत महसुल भुक्तानीका लागि  सुचना जारी गरेकाे छ ।

आर्थिक वर्ष २०८०/०८१ मा वडा.६ का कृषक समूह तथा कृषि प्रयाेजनका लागि जडित मिटरहरुकाे विल भुक्तानी गर्न सुचना जारी गरेकाे छ ।

वडाकाे पहिलाे बैठक वाट वडा अध्यक्ष खगेन्द्र वहादुर सिहले कृषि उत्पादनमा टेवा पुगाेस भनी नि:शुल्क विधुत महसुल भुक्तानीकाे निर्णय गरेकाे जानकारी दिए ।

आर्थिक वर्ष २०८० श्रावण १ गते देखिकाे बिधुत महसुल भुक्तानी गरिने सुचनामा उल्लेख छ ।

परशुराम नगरपालिकाका नगर-प्रवक्ता समेत रहनु भएका अध्यक्ष सिहले आफू जहिले पनि जनतामाझ रहेकाे समेत उदघाेष गरे ।

सरकारि र गैरसरकारी क्षेत्रकाे पहुच वढाई वडाका नागरिकलाई वढि भन्दा टेवा दिइने उनले जानकारि दिए ।

वाढि पिडित वडा समेत रहेकाेले अझ धेरै समस्या,चुनौती छन क्रमस:समाधानकाे उपायमा हामी लागि परेकाे उनले सुनाए ।

 

 

 

 

bb

Leave A Reply

Your email address will not be published.