परशुराममा USAID जल जङ्गल द्वारा सम्वाद कार्यक्रम सम्पन्न

 

पबित्रा राेकामगर,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिकामा USAID जल जङ्गल कार्यक्रम कैलालीको आयोजनामा सराेकारवाला विच अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जल र जङ्गलका क्षेत्रमा कृयाशिल उक्त गैरसरकारी संस्थाले जल,जङ्गल,जलिय, थलिय चाेरि,सिकारि,पैठारी,जलवायु परिवर्तन,लैङ्गिक समानता,भु-संरक्षण र विपद ब्यवस्थापनका क्षेत्रमा  स्थानीय सरकारलाई सघाइ रहेकाे पाइएको छ ।

परशुराम नगरपालिकाका नगर-उपप्रमुख बिमला कुमारी महताकाे अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत खडानन्द खत्रीकाे बिशिष्ठ आतिथ्यमा लक्षित सराेकारवालाहरुकाे उल्लेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको हाे ।

१ दिने विपद व्यवस्थापन ,महिला शसक्तिकरण,उत्थानशिलता विषयक सम्वादमा सहभागिहरु विच कार्यक्रमकाे उदेश्य जल जङ्गल कार्यक्रम कैलालीका ल्याण्डस्केप टिम लिडर भास्कर भट्टराई र सिनियर जेसि लाेक वहादुुुर नेपालीले गर्नु भएको हो ।

परशुराम नगरपालिकामा रहेका विभिन्न ,सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारी , महिला, दलित र जनजाति समुदायकाे प्रतिनिधित्वमा कार्यक्रम सम्पन्न भएको परशुराम नगरपालिकाका वातावरण तथा विपद साखा प्ररमुख  हृदयेस धामीलेे जानकारि दिनु भएको छ ।

 

 

bb

Leave A Reply

Your email address will not be published.