चौतर्फी दवावले दैजी जाेगबुडा सडक सुचारु

पदम जाेरा,डडेल्धुरा: डडेल्धुरा देखि कैलाली कञ्चनपुर तराईका २ जिल्ला सहित मित्रराष्ट भारत र राजधानी सम्म जाेड्ने छाेटाे मार्गका रुपमा रहेकाे जाेगबुडा दैजी ३८ किलाेमिटर सडक  सुचार भएको  छ ।

पटक-पटक निर्माण कम्पनीलाई लक्षित गरि दिइने दवाव चुरेकाे बुडिताेलामा भिमदत्त राजमार्ग भासिइ बन्द हुदा जाेगबुडा दैजी सडक सुचारुका लागि चौतर्फी दवाव बढेकाे हाे ।

 चौतर्फी दवाव बढेपछि निर्माण कम्पनीहरुले आ-आफ्नो ठेक्का सम्झौता भित्र परशुराम ९  खानिडाडा देखि लिपना सम्म राजेन्द्र निर्माण सेवा र छेला देखि लिपना सम्म नागार्जुन निर्माण कम्पनि सडक सफाइ गरेकाे थियाे ।

अहिले दुवै कम्पनीले तिब्ररुपमा सडक सफाइ गरि दिदा स्थानिय लाई आवत जावतमा सहज हुने सवारि चालकहरुकाे भनाइ छ ।

निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न गरिदिए भित्री मधेशका मात्र नभइ तराइ र पहाडी ७ जिल्लालाई जाेड्ने वैकल्पिक मार्ग हुने स्थानीयकाे भनाइ छ ।

चाडपर्व,मेला जात्रा नजिकिदा तराई वाट पुर्ख्याेेलि थलाे आउने नागरिकलाई अझ ठुलाे वर्षा नभए छाेटाे दुरिकाे दैजी जाेगबुडा  निकै छाटाे भएको सवारि चालक तथा साहु प्रकास भट्टको भनाा छ

निर्माण कम्पनि लाई चौतर्फी दवाव बढेकाले याे सडक छिटो  भन्दा छिटाे कालाेपत्रे गरिने निर्माण व्यवसायीहरुकाे भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.