पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न. ९ तल्लो कुयापानी गाउँको (उडेलीघाट) सिचाइ कुलो निर्माणका लागि ,संघ,प्रदेस र नगरवाट वजेट विनियाेजन नुहुदा स्थानिय कृषकहरु दु:खि वनेकाछन ।
गत साउन २३ गते मर्मतकाे पर्खाइमा रहेकाे सिचाइ कुलाे वर्षाले झन क्षति पुगाएकाे स्थानिय एवम पुर्व वडा अध्यक्ष रमेश वाेहराले जानकारि दिए ।
वाेहराका अनुसार धान पाक्ने तयारिमा छ, कुलाे मर्मत भएन सरकारले वजेट दिएन श्रमदानमा जुटेका छौँ ।
करिब २०० घरधुरि कृषकले ठुलाे क्षेत्रफलमा लगाएकाे धान वाली सुक्न थालेपछि हामिहरु कुलाे मर्मतमा जुटेका हौं ।
वडा.न ९ का पुरुष अधिकान्स भारत,तथा वाहियमुलुक भएकाले दुधे वालक समेत बाेकेर महिलाहरु श्रमदानमा जुटेका छन ।
याे सिचाइ कुलाेकाे समस्यामा नगर र वडा सरकार जानकार भए पनि वेखवर् जस्तो देखिएकाे गुनासाे वढेकाे छ ।
नगरले भनसुनका आधारमा डाेजर पठाइ सडक सफाइ,कुलाे मर्मत गर्ने गरेकाे छ भने,आवश्यकता पहिचानमा कमजोरी रहेकाे कृषक तथा उपभोक्ताकाे गुनासाे छ ।
