बास नेपालकाे आयोजनामा स्वास्थ्यकर्मि लाई तालिम

रुहाना वगार,डडेल्धुरा

डडेल्धुराकाे परशुरामका स्वास्थ्यकर्मीलाई सामाजिक व्यवहार परिवर्तन तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग र बास नेपालको आयोजनामा परशुराम नगरपालिका अन्तरगतका स्वास्थ्यकर्मीलाई तीन दिने तालिम मंगलबार सम्पन्न भएको हाे ।
तालिमको समापन कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाका नगर उप-प्रमुख बिमला कुमारी महताले स्वास्थ्यकर्मीलाई तीन दिने तालिमले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा टेवा पुगाएकाे बताइन ।

अझैपनी धेरै बालबालिकाले खोप नपाएको हुँदा त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने धारणा राखिन ।व्यक्तिगत व्यवहार, कार्यशैलीमा परिवर्तन आउने र त्यसले समुदायमा साकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन ।

३  दिने कार्यक्रममा परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने संस्था युनिसेफ नेपाल र बास नेपाललाई धन्यवाद दिए ।

सिहका अनुसार सामाजिक व्यवहार परिवर्तन र खोप अभियानका क्षेत्रमा काम गर्न स्वास्थ्यकर्मीहरुलाई थप उर्जा प्राप्त भएको समेत धारणा राखे ।

युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तरगत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचमा रहेका व्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए ।

उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरवी गर्न तालिमले फाइदा पुग्ने बताए ।

स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको तालिमले सामाजिक व्यवहार परिवर्तनका लागि सहयोग पुग्ने र नगरपालिका संग निरन्तर सहकार्य गरेर अगाडी बढ्ने असाेक जाेशीले  बताए ।
आइतबारदेखि सुरु भएको तालिममा पर्शुराम नगरपालिकाका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिम अवधिमा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी र बासका हरि प्रसाद जोशीले सहजिकरण गरेका थिए ।

bb

Leave A Reply

Your email address will not be published.