पदम जोरा,डडेल्धुरा
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा.न २ रुपालको जोगेनी डाडामा लाग्ने विश्वकै अलौकिक जोगेनी जात्रा (जात) यस वर्ष यही भाद्र २१ गते लाग्ने भएको छ ।
प्रत्येक तेस्रो वर्षमा लाग्ने जोगेनी जात्राको तिथि मिति बिरुणा पञ्चमीमा दिन तय भएको भागेश्वर गाउँपालिका वडा.न २ का वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिए।
ऊनका अनुसार परापूर्वकालदेखि नै मनाइँदै आइएको जोगेनी जात्रा मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट दर्शनार्थि आउने गरेका छन भने ।
रुपाल जन्मथलो भएका रुपाल वाहिर रहेका रुपाली जोगेनी जात्रामा अनिवार्य मेलामा पुग्ने गरेकाछन ।
गाडी मार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीन चार घण्टामा पुग्न सकिने भागेश्वर गाउँपालिका वडा.न २ को जोगेनी डाडामा लाग्ने मेलालाई ‘चौंसठ्ठी माता’ को जातकाे संज्ञा पनि दिने गरेको पाईन्छ ।
यस जोगेनी जात्रामा बिशेस गरि ‘चौला’ प्रदर्षन हुने गरेको छ , जसमा पाचँ वटा चौलो खुकुरी, ढाल तरवार सहित पुरुषहरुले चौलो खेल्ने गर्दछन ।
पाँच वटा समूह ठाउवाट चौलाहरु यहाँ आउछन् मुख्य चौलो कोटेउडाको हुन्छ ‘पण चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ पनि प्रदर्षन हुने गरेको छ ।
भागेश्वर गाउँपालिका वडा.न १ र २ का सबै स्थानीयहरू जोगेनी डाँडा जात्रा हुने स्थान बिहानै देखि रमाउने गर्दछन् ।
जव चौलो खेल्नेहरूलाई देवताले अनुमति दिन्छन् त्यसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरू पनि खुसीका साथ जोगेनी डाँडामा भाेशि खेल्छन ।
त्याे दिन त्यहाँका सबै जात्रा हेर्न जाने हुनाले त्यस दिन गाउँ नै खाली हुने गर्दछ । त्यस दिन गाउँमा विभिन्न जंगली जनावर र भूतप्रेत आउँछन् भन्ने जनविश्वास पनि रही आएको छ।
जात्राको इतिहास
यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको भनाइ छ । त्यतिबेला साबिकको रुपाल गाविसको महाकाली नदी नजिकै जाख भन्ने गाउँमा ‘सुनी’ जातिको बसोबास रहेको थियो। उनीहरू महाकाली नदीमा माछा मार्ने गर्दथे। एक दिन सुनी जातीकै काका भतिजो नाता पर्ने दुईजना माछा मार्न जाल लगेर महाकाली नदिमा गएछन्।
एक दिन जालभित्र परेको मान्छेकै अनुहारको माछा पर्छ। त्यो जालसहितको माछालाई घिसार्दै तान्दै घरमा लगे। घर पुगेपछि त्यस माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाइ कुरा गर्न थाले। कोही गाँउले यसलाई काटेर खाऊँ भन्न थाले भने कोही गाँउले यसलाई अजयमेरु दरबार लैजाऔ भन्न थालेछन्।
त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो। गाउँमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानुपर्ने चलन थियो। त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे।
राति नै लैजानुपर्ने भएकाले गाँउलेहरू सबै मिली त्यो जाल सहित नै बोकेर अजयमेरुका लागि प्रस्थान भएकोमा वाटोमा जालबाट एक माछा निक्लेर लट्देउको जोगनेनीपातल भन्ने ठाउँमा छुटेको पनि भनाई पाईन्छ । जहा अहिले भैरव वाधेर गोगेनीको पुजा गरिन्छ ।
बाकि रहेका माछाको जाल सहित फेरी त्यहावाट हिडेका मानिसहरु जोगेनीडाडाँ जाल नजिक राखी केही समय थाकान मेटाउन सुतेछन र बिहान हुदा जालको माछा सबै ढुङगामा परिणत भएपछि सबै जना आत्तिएछन् त्यसै बेला आकाश गर्जिएछ र पानी परेछ । ती सबै मानिस डराउँछन्। यो के भयो कसरी भयो भनेर र सबै घर तिर फर्कीन्छन ।
यता पूरै रुपालमा अनर्थ र अशान्ति भएको पाईन्छ । कोही काम्न थाले तर कोही पागल भएका रहेछन ।
यस्तो अनर्थ देखेर गाउँका सबै चिन्ताले धामीझाँक्री बोलाएर पञ्चनी गर्न थाल्छन पछि त्यहीँ रुपाल कोटेउडाको कर्लै देवतामा जोतिषि ज्ञान पनि भएकाले उनी त्यहाँ आउछन र पञ्चनी गर्दछन ।
कर्लै देवताले ती ढुंगामा ‘जोगेनी माता’ र वीर (भूत) भएको प्रष्ट्याउछन जोगेनी मातको र बिरहरुको राम्रो संग पूजा गरेपछि शान्त हुने भने पछि त्यही दिन देखी प्रत्येक तेस्रो वर्षमा पुजा लाउने र चौलो भोस्सी खेल्ने चलन रहि आएको भनाइ समेत रहि आएको छ ।
कर्नै धामीको त्यही दिनको पञ्चनीमा पूजामा दुई खुट्टे र चार खुट्टेको बली दिनु पर्ने,रुपालीको हरेक घरवाट जौ,घिउ,अन्न, धन रुपैया नेजा धजा डोरी उठाएर मात्र पुजा लाग्ने प्रचलन रहि आएको छ ।
पूजाआजा
जोगेनी डाडामा सानो भए पनि हजारौको संख्यामा मानीस अटाउने मण्डल रहेको छ । पुजाका लागि उक्त मण्डल केही समयका लागि खाली गरि मसानको माटोले घेरा हालिन्छ र मालुका पातका पातला विछाएर चामल अनि कालो मसि छरिन्छ । पुजा प्रारम्भ संगै बामनी माताको छुट्टै पुजा गरीन्छ । बामनी माताको पुजा पछि कुखुराको टाउको काटेर उडाईन्छ भने बाख्राको बली कुण्डको बीचमा तीनसय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) राखेर दिईन्छ । र बाख्राको सबै खुन (रगत) तीन सय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) छरिन्छ । त्यसपछि एकपल्टे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ । भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातीका मानीसहरुले द्वारमा किरमडाको झिकडा समाती पहरेदारको भुमीका खेल्छन बाहिरीएको चौलो भित्र प्रबेसमा रोक लागाउछन । सुनीहरू चौलोभित्र नआओस् भनि सिस्नु, लठी , तरवार, खुकुरीले प्रतिकार गर्छन् तर खेलाडीहरु भित्र जान पाउँ भनी मण्डल जानाउ भन्दै पुजा भई रहेको अवस्थामा रमाईलोका लागि जिस्क्याई रहन्छन ।
बली दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीनसय चौसठ्ठी ढुङ्गालाई (तीनसय चौसठ्ठी बिरहरूलाई) दिई सकेपछि पूजाविधि सकिन्छ । वोलो चौसट्ठी माताकी जय भनी पुकार्दा दर्शनार्थि महिलाहरुले अक्षताले पुजा गरेपछि बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन्। बिहानदेखि साझसम्म निरन्तर खेलिरहेका चौलोले दिनभर त्यहाँको वातावरण गुञ्जयमान बनाइरहेको हुछ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।
संस्कृति एक पुस्ता बाट अर्को पुस्ता मा हस्तान्तरण हुन्छ भनिन्छ । पुस्तौ पुस्ता देखि निरतर हस्तान्तरित संस्कृति हो जोगेनीजात । पहिलो पटक हेर्नेका लागि नौलो भए पनि रुपालीका लागि अनिवार्य र उत्सव पनि हो । दिउसोको मेला भएका ले भेटघाटको अवसर पनि हो । जोगेनी जातँ सम्पन्न भए पछि रुपालमा सुख, शान्ती, अमनचयन, धनधान्यले भरीर्पुण, अन्नपातमा बृद्वि हुन्छ भन्ने मान्यता रहीआएको छ । सामान्यतया योगीनीको पुजा हरेक ठाउँका यज्ञ–यज्ञादीमा गरिन्छ , भने यो विशेस प्रकृतिको भूतको अभीनय गर्दै भोस्सी खेली योगीनी(जोगेनी) लाई खुसीपारेको यो जात्रा निकै मौलीक छ । हालको भागेश्वर गाउँपालिका वडा.न २ (साविक रुपाल गा.वि.स.को वडा.न ३)मा रहेको सुन्दर अग्लोडाडाँको टुप्पोमा जोगेनीजातँ हुने स्थान छ । जसलाई जोगेनी टुक्रा भन्ने गरीन्छ । जहावाट डडेल्धुरा, बैतडी जिल्लाका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
लेखक तथा शाहित्यकार कैलाश कुमार पाण्डेयकाे सहयाेगमा
