एनआईसी एशिया बैक उपप्रादेशिक शाखा डडेल्धुराको नयाँ सुपर चमत्कारी योजना
सुदूरपश्चिम प्रदेशमा १९ शाखा, ६ काउन्टर र ५ वटा ब्रान्चलेस काउन्टर
बरुण पनेरु, डडेल्धुरा
“बैक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एन आई सी एशिया बैंक प्रादेशिक शाखा डडेल्धुराले ईस्वी संवत २०२०को अवसरमा नयाँ चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । एनआईसी एसिया बैंक उप–प्रादेशीक कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन मार्फत सो कुरा जानकारी गराएको हो । सम्मेलनमा बैंंकका उप प्रादेशिक शाखा प्रमुख अर्जुन भट्टले सबै तह तथा तप्काका ग्राहकहरुलाई ध्यानमा राखी उपयुक्त न्यू सुपर चमत्कारी बचत खाता, न्यू सुपर चमत्कारी नारी बचत खाता, न्यूसुपर चमत्कारीक जेष्ठ नागरीक बचत खाता ल्याइएको बताए ।

यसैगरी बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, बैदेशीक रोजगार खाता, उद्यमसिल खाता, तलब खाताको सुविधा लगायतले आमा जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ ।
एनआईसी एसिया बैकं प्रादेशिक शाखा डडेल्धुराका अनुसार सुदूरपश्चिम प्रदेशमा १९ शाखा, ६ काउन्टर र ५ वटा ब्रान्चलेस काउन्टर रहेको छ । ‘हामी ग्राहकको सेवा मध्यनजर गरे सबैमा समान सेवा पुगाईरहेको छौं । ‘एनआईसी एसिया बैकं प्रादेशिक शाखा प्रमुख अर्जुन भट्टले भने, ‘ निक्षेप योजनाहरुमा ग्राहकहरुले आफु तथा आफनो परिबारको सुरक्षार्थ बिमा सुबिधा समेत प्राप्त गर्नेछन् ।’
बैंकले सुपर चमत्कारी बचत योजना अन्र्तगत ग्राहकहरुले देशभरीका कुनैपनि बैकको कुनैपनि एटीएमबाट निःशुल्क रुपमा २४ औं घण्टा रकम समेत झिक्न सक्नेछन । यसैगरी अनलाईन मुद्दती खाताको सुविधाका साथै निःशुल्क क्रेडिट कार्डको सुबिधा समेत सो योजनामा समेटिएको छ । यसका अलावा स्लीप ईन र स्लीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताको सुविधाहरु समेत पाईने बैकले जनाएको छ ।
