जाेगबुडा अस्पतालका विरामी सित मनाइन (लिला धामी) ले जन्मदिन

 

श्याम वाेहरा,जाेगबुडा

डडेल्धुरा  जिल्ला समन्वय समिति सदस्य लिला कुमारी धामिले डडेल्धुराकाे जाेगबुडा अस्पतालमा रहेका विरामि र कुरुवालाइ जुस, फलफुल वितरण गरि विरामि शीत जन्मदिन मनाएकी छन।

लिला धामी २०७९ बैशाख ३० मा सम्पन्न स्थानियतह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टिवाट परशुराम नगरपालिका वडा.न. ८ काे महिला वडा सदस्यमा निर्वाचित हुनु भएको हाे ।

हाल उनी,पार्टि ,विद्यार्थी र जिल्ला समन्वय समिति सदस्य समेतकाे जिम्मेवारीमा  रहनु भएको छ ।

बिद्यार्थी राजनीतिवाट अगाडि सरेकी लिला धामीलाई नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्र न.१ का सभापति कैलाशकुमार पाण्डेयले श्रावण २४ मा सदस्यमा मनाेनित गर्नु भएको छ ।

सामान्य  परिवारमा हुर्किएकि लिला अहिले समाज सेवा,राजनीति र अध्ययन लाइ निरन्तरता दिई रहेकीछन ।

आफ्नो जन्मदिनको अवसरमा मङगलवार उनले काङ्ग्रेस प्रदेससभा क्षेत्र .न. १ का सभापती कैलाश कुमार पाण्डेयकाे संयाेजकत्वमा जन्मदिने आमा र साथि,भाइ ईष्टमित्र आफन्तजन सहित जाेगबुडा अस्पतालमा रहेका ६३ जना विरामि र कुरुवालाई जुस,फलफुल बितरण गरेकी छन ।

डडेल्धुरा जिल्लामै कान्छि जनप्रतिनिधिका रुपमा चिनिएकि लिला धामी २०७९ स्थानिय तहकाे निर्वाचनमा २० वर्ष उमेरकि थिइन ।

२०८० भाद्र ५ गते २२ औं वर्षमा प्रवेश गरि जाेगबुडा अस्पतालका विरामिसित जन्मदिन मनाएकिछन ।

 

bb

Leave A Reply

Your email address will not be published.