पदम जाेरा,डडेल्धुरा; डडेल्धुरा देखि कैलाली कञ्चनपुर तराईका २ जिल्ला सहित मित्रराष्ट भारत र राजधानी सम्म जाेड्ने छाेटाे मार्गका रुपमा रहेकाे जाेगबुडा दैजी ३८ किलाेमिटर सडक चाडाे सुचारुका लागि चौतर्फी दवाव वढेकाे छ ।
पटक-पटक निर्माण कम्पनीलाई लक्षित गरि दिइने दवाव अहिले चुरेकाे बुडिताेलामा भिमदत्तसडक भासिइ बन्द हुदा जाेगबुडा दैजी सडक सुचारु भए स्थानिय नागरिक तथा पहाडी ७ वटै जिल्लालाई सहज हुने वताउन थालेका छन ।
दैजी जाेगबुडा ३८ किलाेमिटर मध्ये २८.५ किलाे मिटर सडक खण्ड कालाेपत्रेका लागि नागार्जुन निर्माण कम्पनि र राजेन्द्र निर्माण सेवाले शुदुरपश्चिम प्रदेस सरकार भौतिक बिकास पुर्वाधार मन्त्रालय अन्तरगत पुर्वाधार बिकास कार्यालय, डडेल्धुरा र कञ्चनपुर सित फरक-फरक मितिमा फरक फरक खण्डमा सम्झौता गरेकाे थियाे ।
उक्त सडक खण्ड समयमा कालाेपत्रे हुन नसक्दा स्थानिय लाई आवत जावतमा समस्या भइ रहेकाे छ ।
नागार्जुन निर्माण कम्पनिले २०७७ मा सम्पन्न गर्ने गरि २०७४ मा छेला देखि लिपना वजार सम्मकाे सडक (१७ किमि) कालाेपत्रे गर्न ठेक्का सम्झौता गरेकाे थियाे ।
त्यसै गरि लिपना देखि गाइबाधे (११.५ किमि) सम्म कालाेपत्रे २०७९ असारमा सम्पन्न गर्ने गरि राजेन्द्र निर्माण सेवाले २०७६ मा पुर्वाधार कार्यालय डडेल्धुरा सित ठेक्का सम्झौता गरेकाे हाे ।
दुवै ठेक्काकाे म्याद गुज्रिए पनि दुवै कम्पनिहरुले हाल सम्म ५०% सम्म निर्माणकाे काम सम्पन्न गर्न सकेका छैनन् ।
ठेक्का सम्झाैता गरेर पनि निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगरेका कारण भित्री मधेशले मात्र नभै तराइ र पहाडी ७ जिल्लालाई जाेड्ने वैकल्पिक मार्ग नहुँदा अहिले पहाडका ७ वटै जिल्लाका नागरिकले सास्ती भाेग्नु परेकाे छ ।
निर्माण व्यवसायीहरु भने २०७६ चैत देखिकाे विश्वव्यापी महामारिका रुपमा फैलिएको काेराेनाका कारण र आर्थिक संकटका कारण निर्माण कार्य ढिलाे भएको वताउदै आएका छन ।
अहिले भिमदत्त राजमार्ग अवरुद्द हुदा ७ पहाडि जिल्लामा आवत जावतमा समस्या सृजना भइ रहेकाे छ,
भने, चाडपर्व,मेला जात्रा,पुजा समेत नजिकिदा पुर्ख्याेेलि थलाे आउने नागरिक पनि चिन्तामा छन ।
यस विषयमा पुर्वाधार कार्यालमा बुझ्दा वर्षा राेकिए लगत्तै सडक कालाेपत्रे काम हुने वताउदै आएका छन ।
निर्माण कम्पनि लाई ताकेता दिइएको पुर्वाधार कार्यालय डडेल्धुरा प्रमुख र कञ्चनपुर प्रमुखले जानकारि दिए ।
