पदम जोरा,डडेल्धुरा
सरकारको बिभेदकारी शिक्षा ऐन बिरुद्व देशैभरका शिक्षकहरु आन्दोलित भएकाछन ।
विगतको सरकार र शिक्षक महासंघ विच भएको सम्झौता वर्तमान सरकारले शिक्षा ऐनमा नसमेटेको भन्दै डडेल्धुरामा शिक्षकहरु आन्दोलीत भएका छन ।
डडेल्धुराको परशुराम नगरपालिकाका शिक्षकहरुले आईतवार परशुराम नगरपालिका लाई शिक्षा ऐन जारी हुनु पुर्व विगतको सरकार र शिक्षक महासंघ विच भएका सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै नगर–प्रमुख भरत वडायर जोशीलाई ज्ञापन–पत्र बुझाएको छ ।
बिगतको सरकार संग सम्झौता भएका बुदाँहरु वर्तमान सरकारले शिक्षा ऐनमा समेट्नु पर्ने माग सहित शिक्षकहरु आन्दोलनमा उत्रेका हुन ।
विगतमा पनि महासंघ आन्दोलनमा थियो, विगतको सरकार र महासंघ विच सहमति भएको हो ।
वर्तमान सरकारले ऐनमा कतिपय बुदाहरु शिक्षकको अहितमा र केही बुदाँहरु छुटाउनु खोजेकाले शिक्षकहरुको छाता संगठन शिक्षक महासंघ आन्दोलनमा उत्रेको शिक्षक संघ डडेल्धुराका अध्यक्ष हेमराज ओझाले वताए ।
डडेल्धुराको परशुराम नगरपालिकाका ६३ वटै सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी, वालविकास सहजकर्ताहरुको उल्लेख्य सहभागितामा केन्द्रीय महासंघको सुर्कलर अनुसार परशुराम नगरपालिकाका नगर–प्रमुख लाई ज्ञापन–पत्र बुझाएको शिक्षक संघ परशुरामका अध्यक्ष जगन्नाथ वोहराले जानकारी दिए ।
