जाेगबुडामा बिद्यार्थीलाई सचेतना दिदै : प्रहरी निरिक्षक बडु

रुपा नेपाली ,जाेगबुडा

डडेल्धुराकाे परशुराम १२ स्थित श्री शिद्दनाथ माबि जयपुर जाेगबुडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिद्यार्थि  सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय जाेगबुडाका प्रहरी निरिक्षक गङ्गा दत्त बडुले विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोग तथा लागूऔषधको दुर्व्यसनि,राेकथाम नियन्त्रणका उपाय वारेमा जानकारि गराएकाे विद्यालयका प्रधानाध्यापक शंकरदत्त जाेशीले जानकारि दिए ।

पछिल्लाे समयमा बढ्दाे प्रविधिकाे विकास र प्रबिधिका साधनहरुकाे दुरुपयाेगले समाज,समुदायमा  विभिन्न अपराधिक घटना घटिरहेकाले नेपाल प्रहरीको राष्ट्रिय र वार्षिक कार्यक्रम अन्तरगत सचेतना दिन लागिएको प्रहरी निरिक्षक वडुकाे भनाइ छ ।

उहाँका अनुसार अभिवाबककाे वालवालिका प्रती निगरानि र जिम्मेवारी कमहुनुले पछिल्लाे समय वालवालिका कुलत,दुर्व्यसनिमा फसिरहेकाेमा सचेतनाका खाचाे रहेकाेमा विद्यालयमा प्रहरी साझेदारि कार्यक्रम सुरु गरिएको हाे ।

 

bb

Leave A Reply

Your email address will not be published.