परशुराम ६ र १० का जनप्रतिनिधि स्थानिय संगै श्रमदानमा

पदम जोरा,जोगबुडा

 

डडेल्धुराको परशुराम नगरपालिका वडा.न १० र ६ का निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवामा श्रमदानमा जुटेका छन् ।
बर्षादका कारण अबरुद्ध वडा.न. १० र ६ का सडक र नदी छेउका बस्ती जोगाउँनका लागि स्थानीय नागरिक संगै आफुहरु जनतासंगै श्रमदानमा जुटेको वडाअध्यक्ष राज कुमार भाटले वताए ।


ऊनले भने वडा सरकार जनताको नजिकको सरकार भएकाले धेरै दुःख र चुनौति छन ।
सोही अनरुप वडा.न १० अन्तरगत बेल्डाङी टोल बिकास समिति अध्यक्ष मिनबहादुर बोहराको अगुवाईमा जनता संगै आफुहरु हामी श्रमदानमा जुटेका हौं ।
उक्त अभियानमा सबैको साथ पाइयो , काँग्रेसका डडेल्धुरा जिल्ला सदस्य कर्ण विष्टले ट्याक्टर मार्फत ढुवानीमा सहयोग गरे ।
हामी राजनितिवाट माथि उठेर आफ्नो गाउँ आफै वनाऔं अभियानमा जुटेका छौं ।
उता परशुराम नगरपालिका वडा.न ६ का स्थानीय र जनप्रतिनिधि पनी अवरुद्व सडक सुचारु गर्न श्रमदान जुटेकाछन ।
वडा अध्यक्ष खगेन्द्र वहादुर सिहको नेतृत्वमा वडा.न ६ कुणा, हुदै सिमलखेत ,सरगौडा,जोगबुडा जोड्ने सडक वर्षादका कारण बिभिन्न स्थानमा अवरुद्व हुदाँ पहिलो दिन कुणा देखी माथि जोड्ने सडकमा जनश्रदान गरि सरसफाई गरिएको उहनले जानकारी दिए ।
जोगबुडा पुग्ने बेला सम्म झण्डै डूला र खहरेर गरि ५ खोला यस सडक खण्डमा र्पर्दछन नगरपालिकाले दशै पुर्व वर्षाद राकिए पछि त सबै सडक सुचारु गर्छ नै तत्काल नागरिकको अतिआवश्यक सेवाका लागि सडक सुचारुमा जुटेको वडा.न ६ का अध्यक्ष खगेन्द्र सिहको भनाई छ ।
हामी लाई शसस्त्र प्रहरी ,स्थानीयहरुको साथ सहयोग पुगेको छ, त्यसै गरि सघन सहरी कार्यक्रम अन्तरगत निर्माण कम्पनीले जेसिबी उपलब्ध गरएको अध्यक्ष सिहको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.