मकर मेलाको अवसरमा परशुरामधाममा रामायण वाचन गरिने
भ्रमणबर्ष २०२० शुभारम्भ र रामायण वाचन परशुराम धाम वाटै
डडेल्धुरा, परशुरामधाममा ३ दिन सम्म रामायण वाचन गरिने सुदूरपश्चिम प्रदेशको प्रशिद्व धार्मीक एबम् पर्यटकीय स्थल परशुराम धाममा मकर मेलाको अवसरमा रामायण वाचन गरिने भएको छ । परशुराम क्षेत्र विकास समितिको आयोजना तथा परशुराम नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिने परशुराम क्षेत्र विकास समितीका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिए ।
पुष २९ गते देखि माघ २ गते सम्म रामायण वाचन गरिने अध्यक्ष चन्दले बताए । गत बर्ष परशुराम नगरपालिकाको आयोजनामा सप्ताहज्ञान महायज्ञ तथा धार्मिक महा–महोत्सबको आयोजना गरिएको थियो यो बर्ष क्षेत्र बिकास समितिले नगरपालिकाको आर्थिक सहयोगमा रामायण वाचन कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी दिए । आन्तरीक तथा बाह्यि पर्यटक तथा तिर्थालु भत्तजनलाई धार्मीक पुण्यलाभ दिने उदेश्य हाम्रो हो क्षेत्र बिकास समिति सचिव ओम प्रकास जोशीले बताए ।
भ्रमणबर्ष २०२० शुभारम्भ र रामायण वाचन परशुराम धाम वाटै
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ परशुराम तिर्थवाट गरीएको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले जानकारी दिए । भ्रमण बर्ष २०२० को नारा पनि घुम्नजाआंै परशुराम ,धार्मीक पुण्य कमाऔ तय गरेको उनले बताए । परशुराम नगरपालिका क्षेत्र देवभुमी भएको मा सोही अनुरुप भ्रमण बर्ष २०२० को नारा पनि धार्मिक नै तय गरिएका हो उनले वताए । यस क्षेत्रको परशुराम तिर्थ मुख्य धार्मिक स्थल हो । अन्य पनि कयौन धार्मीक तथा पर्यटकीय स्थलहरु यँहा रहेका छन । तिनीहरुको प्रचार प्रसार गर्न नगरपालिका तत्पर छ ।
‘यस क्षेत्रका कला, संस्कृति, भेषभुषा, रितरीवाज, धार्मीक, पर्यटकीय स्थललाई समेत उजागर गरि प्रचार प्रसार गर्छ ।’ नगर प्रमुख साउँदले भने, ‘ आफु जिम्मेवारी सम्हाले संगै समग्र परशुराम क्षेत्रको हरेक बिकासका निमित्त कटिबद्व छु । चुनाव ताका वोलेका वाचा र घोषणा पत्रलाई टेकेर बिधुत, शिक्षा, स्वास्थ्य, सडक यातायात, सञ्चार, रोजगारीका लागि अनवरत रुपमा लागि परेको नगर प्रमुख साउँदले बताए । स्थानीय सरकारले प्रदान गर्ने सेवा सुबिधा र मेरो ब्यक्तिगत तर्फबाट हुने सहयोगमा कुनै कसर वाँकि राख्दैन उनले प्रष्ट पारेका छन् ।
