पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.९ गाइवद्दे देखि वडा ८ जमरानि जाेड्ने अवरुद्घ ग्रामिण सडकखण्ड मर्मत सुरु गरिएको छ ।
निरन्तर वर्षाले उक्त सडकखण्ड अवरुद्घ हुदा नागरिकलाई दु:ख भएकाे छ ।
यसरी नागरिकलाई दु:ख भएको गुनासाे वढेपछि सडक मर्मत सुरु गरिएको वडा.न.८ का अध्यक्ष दिनेश प्रशाद जाेशिले जानकारी दिए ।
वर्षा राेकिएसि चाडपर्व सुरु हुन्छन नगरभरिका सबै ग्रामिण सडक सुचारु गर्ने याेजना थियाे तर जनतालाई दैनिक औषधि उपचार र खाद्यान्न आपूर्तिमा समेत समस्या सृजना हुदा सडक मर्मत सुचारु गर्न लागिएको नगर-प्रमुख भरत वडायर जाेशिले जानकारि दिनुभयाे ।
मनसुन सकृय नै छ, बर्षाद अझ हुन सक्ने हुदा भाद्र पहिलाे साता वाट दशै पुर्व यहाँका सबै ग्रामिण अवरुद्घ सडक सुचारु गर्ने याेजना थियाे तर दुर दराजमा समस्या आयो सडक सुचारु गर्न लागिएको उनले सुनाए ।
स्वास्थ्य उपचार,दैनिक खाद्यान्न ,गर्भवती महिला,वालवालिकाहरु लाई समेत अप्ठ्याराे छ ।
गत असार २६ गतेका वडा न ८ कि मिना लाेहारले बाटाेमा नै शिसुलाई जन्म दिइन ।
सडक सुचारु थिएन,एम्बुलेन्स त थिए सडक अवरुद्घ हुदा यी यस्ता घटना हुने गरेकाे समेत मेयर जाेशिकाे भनाइ छ ।
हेर्नुस मनसुन सकृय छ , आज सडक सुचारु गर्याे त्यहि राति फेरि बगाउछ,सदरमुकाम सम्म पक्कि सडक वन्न नसकेेकाे अवस्थामा नगरपालिकाले ग्रामिण सडक अहिले नै पक्कि वनाउछु र वनिहाल्छन भन्नू अलि जटिल विषय हाे ।
नगरपालिकाकाे सिमित श्रोत साधनकाे अधिकतम प्रयाेग गरि सरसफाइ ,मर्मत,सुधार,स्तराेन्नती,अनुगमन गरि रहेकाछौं गत वर्षमा पनि हरेक ग्रामिण सडक मर्मत गरिएको हाे ।
याे पालि पनि वर्षा राेकिन्छ अनि सडक सुचारु गरमला भनेकाे दुरदराजमा समस्या आउन थाले सडक सुचारु गर्न लागिएको हाे ।
समस्या सव ठाउमा छन ,पहिलाे प्राथमिकता वडा.न.८ र ९ बिकटमा दिइएको उनले सुनाए ।
उक्त सडक सुचारुका लागि परशुराम नगरपालिकाकाे स्काइभेटर र काङ्ग्रेस डडेल्धुराका सभापति भिम वहादुर साउद प्रबन्धक रहेकाे राजेन्द्र निर्माण सेवाकाे स्काईभेटर नि:शुल्क उपलब्ध भएको वडा अध्यक्ष दिनेश प्रशाद जाेशिले वताए ।
राजेन्द्र निर्माण सेवा का प्रबन्धक भिम वहादुर साउदवाट नि:शुल्क स्काईभेटर मेसिन उपलब्ध गराएकाे उहाँ लाई धन्यवाद दिन्छौं वडा.न. ९ अध्यक्ष देववहादुर वाेहरा र वडा न ८ का दिनेश प्रसाद जाेसिकाे भनाइ छ ।
वडा.न. ८ र ९ वाट इन्धन उपलब्ध गराउने सर्तमा साउद ज्युकाे मेसिन नि:शुल्क उपलब्ध गराइएको द्वव अध्यक्षकाे भनाइ छ ।
