डडेल्धुराको परशुराम ३ भागेश्वर माबिमा ‘राम बोहरा स्मृति’ अक्षयकोष खोलीने

रुपा नेपाली ,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ स्थित भागेश्वर माबि शिर्षमा स्व राम बोहरा स्मृति’अक्षयकोष स्थापना गरिने भएको छ ।
प्राथकिमक तह देखी माबि सम्म भागेश्वर माबिमा अध्ययन गरेका उक्त विद्यालयका पुर्व छात्र राम बोहराको गत असार १५ गते १७ वर्षको अल्पआयुमै निधन भएको थियो ।
बोहरा स्कुल विदामा गाउको जंगलमा गत असार १५ गते जंगलमा दाउरा काट्दै गर्दा रुख खसेर चोट लाग्दा घाईते भएका थिए उनलाई उपचारका लागि जोगबुडा अस्पताल ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतक हाल भने रामवोहरा भागेश्वर माबि परशुराम ४ कटालमा कक्षा ११ मा अध्ययनरत थिए ऊनि कक्षा ११ उर्तिण पनि भई सकेकाछन ।
बोहराको १७ वर्षको अल्पआयुमै भएको दुःखद निधनले वोहराका आमाबुवा, घरपरिवार गाउँवासी र विद्यालय परिवार सोकमा डुबेको छ ।
सोकमा रहेका राम बोहराको बुवा धन वहादुर बोहराले छोरा स्व. राम बोहरा सम्झनामा भागेश्वर माबि कटालमा अक्षयकोष स्थापना गर्ने भने पनि फेरी छोराले प्राबि,आबि र माबि अध्ययन गरेको भागेश्वर माबि शिर्षमा अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेका छन ।
उनले आफ्नो छोराको सम्झना विद्यालयमा राख्ने योजना बनाए पनि पनि आर्थिक अवस्था दयनिय रहेको दुःखेसो रेडियो परशुराम एफ.एम.मार्फत सुनाए ।
उनले अन्तमा भित्रिमधेषमा सञ्चालित रेडियो परशुराम एफ.एम.लाई गुहारी मेरो चाहना मृतक छोरा राम बोहराको सम्झनामा अक्षयकोष खोल्ने रहर छ तर आर्थिक समस्या रहेको सुनाए ।
रेडियो परशुरामले राम बोहराको अक्षयकोष स्थापनाका लागि निजका छिमेकी तथा स्थानिय पत्रकार श्याम बोहरालाई जिम्मा दिई आर्थिक सहयोगमा अभियान सुरु गरेको हो ।
पत्रकार श्याम बोहराले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वदेश तथा विदेशमा रहेका बिभिन्न सहयोगिहातहरु गुहारी आर्थिक सहयोग अभियान सुरु गरे ।
उक्त अभियानमा बिशेस गरि पत्रकार श्याम बोहरा, मित्रराष्ट भारत वाट परशुराम ३ का युवाहरु सकृय रहेका छन भने गाउँका सबैको साथ सहयोग उल्लेखनीय रहेको पाइएको छ ।
यो समाचार तयार पार्दा सम्म आफ््नो गक्ष अनुसार मृतक राम बहादुर बोहराका बुवा धनवहादुर बोहराको नेपाल बैंक लि. जोगबुडा साखाको खातामा ५२ हजार रुपैया आर्थिक सहयोग जुटेको पत्रकार श्याम बोहराले जानकारी दिए ।
यही श्रावण १८ गते रामको पुण्यतिथिको अवसरमा भागेश्वर माबिमा औपचारिक रुपमा अक्षयकोष स्थापन गरिने मृतकका वुवा धनवहादुर बोहराले जनाए ।
स्व.राम बोहरा स्मृति अक्षयकोष आर्थिक संकलन अभियानले युवाको पबित्र धारणा र माविय धर्म निभाएको उदारहण पुष्टी भएको छ ।
साकारात्मक र पबित्र धारणा बोकेर हरेक राम्रा अभियान उठाए सबैको साथ सहयोग हुने पनि यि यस्ता निस्वार्थ ,पबित्र कार्यवाट पुष्टी हुने गरेको छ ।

bb

Leave A Reply

Your email address will not be published.