चौराह स्पोर्टस सादनीले श्रावण २६ गते हाजिरी जवाफ र विद्यार्थी सम्मान गर्ने

पदम जोरा,डडेल्धुरा

 

डडेल्धुराको परशुराम ७ सादनीका युवाहरु आवद्व ‘चौराह स्पोर्टस एसोसिएशन’ ले यही श्रावण २६ गते शिवशंकर माद्यमिक बिद्यालय परशुराम ७ सादनीमा नगर स्तरिय माबि हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
माबितह अध्ययनरत छात्र/छात्राहरुको कितावी संगै बाह्यि ज्ञानको बिकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष दिनेश अवस्थीले गाउँघरन्यूज लाई जानकारी दिए ।


एशोशिएसनले एक सूचना जारी गरि २६ गते बिहान ८ वजे वाट शिवशंकर माद्यमिक बिद्यालय सादनीमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।
प्रतियोगितामा परशुराम नगरपालिका भित्रका १६ सामुदायिक र १ संस्थागत माबिका छात्र/छात्राहरुले सहभागिता जनाउन सक्ने सूचनामा भनिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने छात्र/छात्रा समुहलाई ट्रफि,प्रमाण–पत्र र शैक्षिक सामग्री पुरुस्कारको व्यबस्था रहेको एशोशिएसन अध्यक्ष अवस्थीको भनाई छ ।
विगतमा पनि एशोशिएसनले समाज रुपान्तरणका क्षेत्रमा युवा,खेलकुदका क्षेत्रमा खेलकुद, सरसफाई र स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै आएको छ ।
यहाँका समाजसेबी, बुद्विजिवी, शिक्षक र एशोशिएसन सल्लाहकार समिति, सञ्चालक समितिको निर्णय अनुसार यस वर्ष हामी नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको उहाँको भनाई छ ।
प्रतियोगिताकै अवसरमा एशोशिएसनले परशुराम ७ को शिवशंकर माबि वाट २०७९ को एसईइमा उत्कृष्ट जिपिए ल्याउने छात्र/छात्रालाई सम्मान गर्ने समेत कार्यक्रम तय गरेको छ ।
एशोशिएसनले आयोजना गर्ने समाज रुपान्तरणका कार्यक्रमवाट समाजका साकारात्मक सन्देश जाने सब्य समाज र सुन्दर समुदाय निर्माण हुने भएकाले आफुहरुले एशोशिएसन दर्ता गरि युवाहरु गोलवद्व भई विगतका वर्ष देखी कृयाशिल रहेको अध्यक्ष अवस्थीको भनाई छ ।
उहाँले भने ‘यति मात्रै होईन समय सापेक्ष हामी सबैको सल्लाह सुझावका आधारमा वडा र नगरको सुन्दर परिकल्पना वोकी अगाडी बढेका छौं समाजको हरेक बिकृति, कुलत, र्दुब्यसनीलाई अन्त गर्न हामी कृयाशिल रहेका छौं ’।

bb

Leave A Reply

Your email address will not be published.