निड्स नेपाल कञ्चनपुर द्वारा परशुराम ६ मा बेमौसमी तरकारि उत्पादन सामग्री वितरण

पदम जाेरा,डडेल्धुरा

निड्स नेपाल कञ्चनपुरले डडेल्धुराकाे परशुराम ६ का २७ घरधुरि कृषकलाई बेमौसमी तरकारि उत्पादनका लागि सामग्रि र बीउ,विजन वितरण गरेकाे छ ।

विगत लामाे समय देखि वडा.न. ६ काे वाढि पिडित समुदाय लक्षित  नागरिकलाई सिपमुलक तालिम,आयआर्जन,विपद जाेखिम न्युनिकरण र विभिन्न राहत,उद्दार,विपद पुर्व तयारि ,प्राथमिक उपचार विषयमा सचेतना दिदै आएको निड्स नेपाल कञ्चनपुरले मङ्गलवार मात्रै वडा.६ काे दमाड र तालिगडाका २७ घरधुरि कृषकलाई अक्फमकाे आर्थिक सहयाेगमा वडा .न.६ का अध्यक्ष खगेन्द्र सिह मार्फत बेमौसमी तरकारि उत्पादनका लागि पानी टङ्कि,प्लास्टिक ट्रनेल,पाेलि हाउस ,स्प्रे टङ्कि, बीउ विजन वितरण गरिएको निड्स नेपाल कञ्चनपुरका परशुराम संयोजक गाेपाल साउदले जानकारि दिए ।

 

bb

Leave A Reply

Your email address will not be published.