पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.१० काे कार्यालयले वजार अनुगमनलाई तिव्रता दिएकाे छ ।
ग्राामिण बस्तिमा म्याद नागेका खाद्य सामग्रिहरु आयात हुने सक्ने र अबैध मदिरा समेत बिक्रिबितरण हुने गरेकाले वडा कार्यालय अस्थायी प्रहरी पाेष्ट कुरुमुल्लेकाे सयुक्त आयोजनामा वजार अनुगमन गरिएको वडाअध्यक्ष राजकुमार भाटले वताए ।
अनगुमनका दौरानमा विभिन्न पसलवाट म्याद नागेका खाद्य सामग्री र अबैध कच्चि मदिरा वरामद गरिएको उनले गाउघरन्युज लाई जानकारी दिए ।
अनुगमनका दौरानमा १ पसलवाट खाट मुनि लुकाइ छिपाई राखेकाे ११९ पेटि कच्चि अबैध मदिरा प्रहरिले वरामद गरेकाे छ ।
वर्षाका कारण ग्रामिण सडकखण्ड अवरुद्घ हुदा गाउमा दैनिक उपभोग्य सामग्रीकाे अभाव छ भने, म्याद नागेका खाद्य बस्तु हरु बिक्रीहुने सम्भाना जताततै बढेकाे छ ।
यसका लागि समयमै सराेकारवाला निकाय जिम्मेवार हुन जरुरि रहेकाे स्थानीय उपभोक्ताहरुकाे भनाइ छ ।
