डडेल्धुराकाे परशुराममा नापि र मालपाेत कार्यालय स्थापना

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिका जाेगबुडामा नापि र मालपाेत कार्यालय स्थापना अन्तिम चरणमा पुगेकाे छ ।

ठुलाे भुगाेल जिल्लाकै बढि जनसंख्या रहेकाे परशुराम र आलितालका जनतालाई भुमि,जग्गापास,नक्सापास,अङ्सवण्डामा सहजताका लागि दुवै कार्यालय स्थाापना गरिएको मालपोत कार्यालय प्रमुख प्रेम धामिले जानकारि दिए ।

डडेल्धुराकाे परशुराम र आलितालका नागरिक लाई टेवा पुग्ने गरि कार्यालय स्थापना गरिएको नापि अधिकृत इन्जिनियर हरिस मल्लकाे भनाइ छ ।

गत वर्ष नै दुवै कार्यालय जाेगबुडामा स्थापना हुने निर्णय भएको भए पनि बिबिध कारणले ढिलाे हुन गएकाे हाे ।

जाेगबुडामा नापि र मालपाेत कार्यालय स्थापनाका लागि दुवै कार्यालयले छिट्टै सेवा दिने गरि  घर भाडामा सुचना जारि गरेकाे छ ।

जिल्लामै घर जग्गाको वढि काराेवार हुने क्षेत्र परशुराम र आलिताललाई लिइन्छ , काराेवार ,जनघनत्व र भौगोलिक कठिनाइ लाई मध्यनजर गरि कार्यालय स्थापना भएको परशुराम नगरपालिकाका नगर-प्रबक्ता खगेन्द्र सिहकाे भनाइ छ ।

यस पुर्व पनि परशुराम र आलितालका नागरिककाे सेवामा  इलाका प्रसाशन,इलाका प्रहरी,सवडिभिजन वन कार्यालय,हुलाक,सिचाइ साखा कार्यालय रहेकाछन भने अझै महाकाली नदि परिगाउमा छाेटि भन्सार कार्यालय स्थापना हुन जरुरि रहेकाे स्थानीयकाे भनाइछ ।

मालपाेत र नापि कार्यालय जाेगबुडामा स्थापना हुदा जनताहरुमा खुसि छाएकाे छ ।

 

 

 

 

bb

Leave A Reply

Your email address will not be published.