पदम जाेरा,डडेल्धुरा
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) थाइल्याण्डको सचिवमा डडेल्धुराकाे परशुराम १० घर भएका राजबहादुर साउद निर्विरोध निर्वाचित भएका छन्।
आइतबार सम्पन्न भएको परिषद्को दशौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि साउद लाई सचिव पदमा निर्विरोध निर्वाचित गरेको हो।
डडेल्धुराको परशुराम नगरपालिका वडा.न.१० घर भएका साउद एक दशकदेखि वैदेशिक रोजगारीमा छन्। यसअघि रोजगारीकै सिलसिलामा रहेका साउद सामाजिक क्षेत्रहरूमा समेत निकै सक्रिय छन्।
देशमा आर्थिक अभावले उपचारमा समस्या भएका समस्यामा परेका नेपालीहरूलाई सहयोगका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै साउदले समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेका छन्।
हालसम्म साउद एनआरएनए मलेसियाको क्षेत्रीय समन्वय परिषद् जोहरबारुको (२०१७-२०१९) कार्यकालमा सदस्य हुँदै (२०१९-२०२१) कार्यकालमा युवा संयोजक र (२०२१-२०२३) कार्यकालमा महा सचिवको जिम्मेवारी सकुशल निर्वाह गरिसकेका छन्।
हाल उनी रोजगारीको सिलसिलामा थाइल्याण्ड पुगेका हुन्। निर्वाचित भएपछि साउदले हामीसँग कुराकानी गर्दै धेरै सङ्घर्षका बावजुत यो सफलता पाएको बताए।
साउँद छोटो समयमै थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली, नेपाली भाषीसँग सहकार्य गर्न सफल भएका छन्।
साउँदले युवाको उपस्थिति, पारदर्शिता र परिवर्तन, निस्पक्षता आफ्नो मूल उद्देश्य भएको बताउँदै अब यी उद्देश्यलाई व्यवहारिकतामा लैजाने बताए।
