पदम जोरा,डडेल्धुरा
डडेल्धुराकी एक मृगौला पिडित महिलालाई बचाउनका लागि गाउँलेनै आर्थिक सहयोग जुटाउनमा लागि पररेका छन ।
आर्थिक अवस्था निकै कमजोर भएकी डडेल्धुराको अजयमेरु ५ गालकी पशुपती देवी खड्काको मृगौला सम्वन्धि रोगको उपचारका लागि गाउँका सबैले आर्थिक सहयोग जुटाईरहेका छन।
अजयमेरु–५ गाल पशुपति लामो समय देखी स्वास्थमा समस्या आई सेती प्रादेशिक अस्पताल धनगडीमा चेकजाँच गर्दै आएकि थिईन । ऊनको एक मृगौला पुरै काम नलाग्ने भएको र अर्को मृगौलाको पनि चाडै अपरेसन गर्नुपर्ने भएकाले पिडित पशुपतीका गाउँले आर्थिक सहयोग जुटाउन हारगुहार गरि रहेका छन् ।
अहिले पिडित पशुपतीको थप उपचारका लागि स्थानीय नेपाली काँग्रेसका युवा नेता सुनील ठकुराठी आर्थिक सहयोग संकलनमा जुटेका छन ।
ठकुराठीले आफ्नो , पिडित पशुपतीक आफन्तको बैंक खाता क्यूआर सामाजिक सञ्जाल फेसबुकमा राखि आर्थिक सहयोग संकलनमा जुटेका छन ।
यो समाचार तयार पार्दा सम्म गाउँले, स्वदेश तथा विदेशमा रहेका सबैले गक्ष अनुसारको रकम १ लाख भन्दा बढि संक्लन भएको सामाजिक अभियान्ता तथा काँग्रेस युवा नेता सुनील ठकुराठीले जानकारी दिए ।
ठकुराठीका अनुसार पिडित पशुपतिको एउटा मृृगौला काम गरि रहेको छैन , अर्कोको पनि चाँडै उपचार गर्न नसके समस्या हुन सक्ने उपचारमा संलग्न चिकित्सकले सुझाव रहेको छ ।
पिडित खड्काको उपचार गर्न डाक्टरको सल्लाह अनुसार ठूलो रकम लाग्ने देखिएको हुदा सबैलाई सहयोग को लागि अनुरोध गर्दै हिडिरहेको उनले जानकारी दिए ।
बिरामी पशुपतीलाई सेती अस्पताल धनगढीले थप उपचारका लागि काठमाडौं टिचिङ्गमा रिफर गरेको भएपनि आईतवार उनलाई बिर होस्पिटलमा उपचार गर्ने ठकुराठी ले जनाए ।
रिफर भएको लामोे समयसम्म पनि आर्थिक समस्याका कारण बिरामीलाई उपचारका लागि काठमाडौ लैैजान नसकेको विरामीका आफन्त राजसिंह खड्काले बताउनु भयो । अहिले स्थानियको सहयोगका कारण अस्पलाल सम्म पुगाएको खड्काले जानकारी दिए । थपउपचार खर्च जुटाउन गुहार गर्नु परेको जनाए ।
अहिले सम्म एकलाख वढि खर्च पशुपतीको उपचारका लागि जमा भएको र सोे रकमले उनको पुर्ण उपचार हुन नसक्ने उपचारमा सहयोग जुटाई रहेका युवा ठकुराठीले जानकारी दिए ।
अहिले अजयमेरुका युवाहरु मृगौला सम्बन्धिको रोगवाट पिडित पशुपतीकै उपचारका लागि व्यक्तिगत र सघंस्थावाट उपचारखर्च जुटाउन मै व्यस्त छन ।
मृगौला पिडित पशुपति देबि खड्काकालागि आर्थिक सहयोग माग्दै अहिले सामाजिक सँजालमा पनि स्थानिय युवाहरुले अभियान चलाएका छन् । युवा सुनील ठकुराठी ले भन्नु भयो, धेरैैखर्चलाग्ने विमारी लाग्यो उनको मृगौला प्रत्यारोपण नै गर्नु पर्ने हुन सक्छ आफ्नो क्षेत्रवाट सक्दो सुहयोगका अपिल गर्दछौ उनले थपे ।
पिडित पशुपतीसगं गाउलेहरु पनि मिलेर उनका उपचार खर्चको जोहोे गरि रहेकाछन् । जिवन रक्षार्थका लागि सहयोग जुटाईदिन अनुरोध समेत गाउँले वाट भईरहेको छ । गाउँलेबाट पिडित लागि र समाजिक दायित्व पुरा गर्न पशुपती तथा परिवारको जिबन रक्षार्थ सहयोगी मन हरुले राहत दिईरहेका अभियानमा जुुटेका युवा सुनिल ठकुराठीले बताए ।
सामाजिक सँजाल बाट, फोन गरेर, प्रत्यक्ष भेटेर सहयोग माग्दै हिडिरहेको र सहयोगीमनहरुवाट केही रकम संकलन पनि भई रहेको छ । आश छ पशुपतीको जिवनरक्षा हुनेछ र आस छ बिरामीलाई सहयोग जुटाएर पनि उपचार गराउने स्थानिय युवाले वताए ।
सहयोग का लागि निम्न खातामा गर्न सकिनेछ
A/C Holder Name: SUNIL THAKURATHI Account Number: 5010017508480 Bank Name: Nabil Bank Branch Name: GWARKO
सम्पर्क नम्बर. 9861721125
