परशुराम ३ का राम बोहराको स्मृतिमा भागेश्वर माबिमा अक्षयकोष खोलीने

पवित्रा रोकागमर


डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ चाखी भट्वाडीका राम बोहराको गत असार १५ गते १७ वर्षको अल्पआयुमै मृत्यु भएको थियो ।
मृतक रामवोहरा भागेश्वर माबि परशुराम नगरपालिका वडा.न ४ कटालमा कक्षा ११ मा अध्ययनरत थिए ऊनि कक्षा ११ उर्तिण पनि भई सकेकाछन ।
बोहराको १७ वर्षको अल्पआयुमै भएको दुःखद निधनले वोहराका आमाबुवा, घरपरिवार गाउँवासी र विद्यालय सोकमा डुबेको छ ।
सोकमा रहेका राम बोहराको बुवा धन वहादुर बोहराले छोरा राम बोहरा सम्झनामा भागेश्वर माबिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेका छन ।
मृतक रामवोहराका बुवा जोगबुडा स्थित रेडियो परशुराम एफ.एम.लाई गुहारी पत्रकार श्याम बोहरा रामको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगमा जुटेका छन ।
स्वदेश तथा विदेशमा रहेका बिभिन्न दाताहरुवाट सहयोग जुटी रहेको पत्रकार श्याम बोहरा र स्थानीय बसन्त भण्डारीले जानकारी दिए ।
अहिले सम्म मृतकका बुवा धनवहादुर बोहराको नेपाल बैंक लि. जोगबुडा साखाको खातामा १८ हजार आर्थिक सहयोग जुटेको बोहराले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.