रुपा नेपाली ,जाेगबुडा
आँपको रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रुइनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको छ
मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।
