पदम जाेरा,डडेल्धुरा
परशुराम नगरपालिका,डडेल्धुराकाे आर्थिक वर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका नगर-प्रमुख तथा सार्वजनिक सुनुवाई कार्यक्रमका मुख्य बक्ता भरत वडायर जाेशिकाे संयोजकत्वमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खडानन्द खत्रिले जानकारि दिनु भयाे ।
सबै वडाका वडा अध्यक्ष , जनप्रतिनिधि , सम्पुर्ण राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि, शिक्षा, स्वास्थ्य ,पशु,कृषि,जाेगबुडा, अस्पताल, याेजनासाखा,लेखासाखा ,राेजगारशाखा,सामाजिक सुरक्षा साखा, महिला तथा वालवालिका जेष्ठनागरिक साखाका प्रमुख तथा प्रतिनिधिहरुकाेे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।
सबै साखा प्रमुखहरुले आर्थिक वर्ष २०७९/०८० काे साखागत प्रगति,समस्या र चुनौती सफल अभ्यासहरु सराेकारवाला समक्ष प्रस्तुत गर्नु भएको थियाे ।
सार्वजनिक सुनवाइकाे सहजिकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उतर बिष्टले गर्नु भएको थियाे ।
सराेकारवाला वाट उठेका प्रश्न अर्थात सवाल हरुकाे जवाफ क्रम: विषयगत साखा प्रमुख, नगर-उप प्रमुख,प्रमुख प्रसाशकिय अधिकृत र नगर-प्रमुख भरत वडायर जाेशिले दिएका थिए ।
जाेगबुडा अस्पतालकाे आईसाेलेसनमा सम्पन्न उक्त सार्वजनिक सुनुवाइकाे समापन गर्दै नगर – प्रमुख भरत वडायर जाेशिले नगरपालिकाले जनमुखि र जनमैत्री सेवा दिने प्रतिवद्दता जनाए ।
सराेकारवालाहरु माझ वाट नगरपालिकाकाे सार्वजनिक सुनुुवाई एक आर्थिक वर्षमा कम्तिमा २ पटक दुरदराजमा जनताकाे सहभागितामा हुनु पर्ने तर्क थियाे भने , याेजना,विकास निर्माण कार्य असाढ अन्तिम तिर हुने परिपाटीको अन्त भई पहिलाे चौमासिक वाट काम र सेवा सुचारु हुनु पर्ने सवाल मुख्य रुपमा उठेका थिए ।
