पदम जोरा,डडेल्धुरा
डडेल्धुरा जिल्लामै बढि जनघनत्व र वन क्षेत्र ओगटेको परशुराममा अहिले परशुरामधाम सव डिभिजन कार्यालयले वन संरक्षण र बृक्षारोपण लाई तिब्रता दिएको छ ।
वन संरक्षण सम्बन्धि सचेतना, उपभोक्ताहरुलाई तालिम र प्रशिक्षण सहित अक्रिमित वन क्षेत्र संरक्षण गर्न लागेको डिभिजन प्रमुख सुरेश चन्द डिसीले जानकारी दिए ।
उनले भने ‘यहाँ बिभिन्न वाहानामा वन क्षेत्र अतिक्रमित हुने गरेको पाइएकाले अहिले हामी संरक्षणमा जुटेकाछौं ।
हाम्रो वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत बृक्षारोपण र संरक्षण सचेतना रहेको उनले जानकारी दिए ।
परशुराम ६ स्थित विगतमा रङगुन नदिले कटान गरेको बाङघाटा क्षेत्रमा तार जाली लगाइएको संरक्षण गरिएको छ ।
त्यसै गरि परशुराम ५ परिगाउँमा उपभोक्ता र किशोर किशोरीहरलाई वन संरक्षण सम्वन्धि सचेतना सञ्चालन गरिएको छ ।
परशुराम ५ परिगाउँका अधिकान्स वनहरुमा बृक्षारोपणका लागि परशुरामधाम सब डिभिजन वन कार्यालयवाट बिभिन्न प्रजातीका विरुवा वितरण गरिएको प्रमुख डिसिको भनाई छ ।
डिसिका अनुसार,बिद्यालय,कृषान,कृषिर्फमलाई विरुवा वितरण गरिएको छ ।
विगतमा यहाँ चोरी सिकारी पैठारी समेत हुने गरेको थियो कहि कतै चोरी सिकार,पैठारी, देखीए, सुनिए गोप्य सूचना दिन समेत सम्पुर्ण सरोकारवालामा ऊनले अनुरोध गर्नु भएको छ ।
वन जंङ्गल रहे हामी रहन्छौ भन्ने सन्देश हामीले बुझ्नु पर्ने समेत उहाले धारण राखे
वन जोगाए, खडेरी हुन्न , पानीका मुल सुक्दैनन, बन्यजन्तुका वासस्थान नष्ट हुदैन तसर्थ सबै मिलि बन जोगाउ भन्ने धारणा रहेको छ ।
म परशुराम धाम सव डिभिजनको प्रमुखको जिम्मेवारीमा आए पश्चात अहिले सम्म चोरी सिकारी, पैठारी र अतिक्रमण, अधिक्रमण,खर फागला वनाउने घटनामा कमि आएको समेत उनले दाबी गरे ।
