डडेल्धुराको गन्यापधुरामा खोलाले वगाउदा १ महिलाको ज्यान गयो

पदम जोरा,डडेल्धुरा


डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा वडा.न ४ कुलेडीकी अन्दाजी ५७/५८ वर्षीया दुर्गादेवी बोहराको खोलाले वगाउदा ज्यान गएको छ ।
बिहीबार दिउँसो गोठालोबाट फर्किन क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.