परशुराम ८ कि मिनाले बाटाेमै शिसु जन्माइन

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिका-८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर मंगलवार आफ्न्तहरु जोगबुढा अस्पताल ल्याउन लागेका थिए ।

वर्षादकाे समयमा सडक अवरुद्घ भएकोमा अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीय तथा निवर्तमान कार्यपालिका सदस्य हरिकला काेलिले  बताइन ।

उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय हरिकलाकाे भनाइ छ ।

अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा अवेरसाझ  शिशुलाई जन्म दिएको उनले बताइन ।

जाेगबुडा अस्पतालमा २ वटा एम्बुलेन्स भए पनि  सडक अवरुद्घ हुदा याे समस्या सृजना भएको वडा न ८ का अध्यक्ष दिनेश प्रसाद जाेसिकाे भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.