नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी परशुराम नगरपालिकाले ‘घुम्न जाऔं परशुराम’ धार्मीक पुण्य कमाऊ नारा दिएको छ ।‘ अरु ठाउँ बारम्बार, परशुरामधाम एकबार गएपनि परशुराम धाम एक पटक गएर राम्रो पुण्य कमाईने परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले बताए ।
भ्रमण बर्ष २०२० सुरुसँगै बुधवार परशुराम नगरपालिका–५ परिगाँउमा रहेको सुदुरपश्चिमकै शुप्रशिद्व धार्मीक तथा पर्यटकीय स्थल पबित्र तिर्थ परशुराम धामवाट नेपाल भ्रमण बर्ष २०२० ‘घुम्न जाऊ’ परशुराम बिधिवत उद्घाटन गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले बताए ।
नगरपालिका र परशुराम क्षेत्र विकास समितीको सयुक्त आयोजना तथा स्थानीय स्तरका बिभिन्न सरकारी गैर सरकारी संघ सस्थाको सहजीकरणमा ‘घुम्न जाऔं परशुराम’ उद्घाटन गरिएको प्रमुख साउँद ले बताउनु भयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख साउँदले पश्चिम क्षेत्रको महाकाली नदिमा ब्यापारिक नाका सुचारु हुन सकेमा नगरसंगै भित्रीमधेश र सुदूरपश्चिमको ब्यापार ब्यवसायमा बृद्वि गर्न सकिने बताउनु भएको हो । यसले मित्र राष्ट्र भारतको उत्तराखण्डसग निकट सम्वन्ध कायम हुने दाबि गर्नु भएको छ । यो संगै नगरपालिकाका सबै सम्भावित पर्यटकीय स्थलहरु, कामधेनु गुफा, बोडाताल, शैलेश पर्बत लगायतका ओझेलमा परेका सम्पदाहरुको संरक्षण सम्वर्धनका निमित्त आफु र नगरपालिकाले कुनै कसर वाँकि न राख्ने समेत उनले उद्घोष गर्नु भएको छ । परशुराम नगरी धार्मिक भुमी कायौन देबी देवताको वास बसेको मन्दिरै मन्दिरको देव भुमी रहेकाले हामीले धार्मिक नारा दिई नेपाल भ्रमण बर्ष २०२० उद्घाटन गरेको जानकारी दिनु भएको छ । परशुराम तिर्थ यस क्षेत्रको पबित्र तिर्थ रहेको बिभिन्न स्कन्दपुराणमा उल्लेख भएको स्मरण गराउदै मेयर साउँदले परशुरामबाट भ्रमण बर्षको बिधिवत उद्घाटन गरिएको र अझै निरन्तर रुपमा पर्यटन बर्ष २०२० लाई मनाईने जानकारी दिए ।
