पदम जाेरा ,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.१२ स्थित तुलाभाडि माद्यामिक बिद्यालयले विद्यालय परिसरमा बृक्षाराेपण गरेकाे छ ।परशुरामधाम सव डिभिजन वन कार्यालय जाेगबुडावाट विभिन्न प्रजातिका विरुवाहरु माग गरि बृक्षाराेपण गरिएको बिव्यस अध्यक्ष हरिना कामिले जानकारि दिनु भयाे ।
उहाँका अनुसार बिद्दालय हरभरा र सरसफाइ समेत हुने भएकाले विभिन्न प्रजातिका बिरुवा राेपण गरिएको बिद्यालयका लेखापाल किरन वाेहराले जानकारि दिए ।
बिव्यस,अभिवाबक र बिद्यार्थीहरुकाे सहभागीतामा बृक्षाराेपण गरिएको हाे ।
परशुराम नगरपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा अहिले बर्षादकाे सिजनमा बृक्षाराेपण र सरसफाइ अभियान सुरु भएको छ ।
