पदम जाेरा,डडेल्धुरा
सामुदायिक विद्यालय तर्फ,डडेल्धुराकाे परशुराम नगरपालिकामा भागेश्वर माबि कटालकाे SEE जिपिए उत्कृष्ट रहेकाे छ ।
प्राबिधिक धार तर्फ वालि बिज्ञान अध्ययन गर्ने छात्रा दीक्षा भट्टकाे उत्कृष्ट जिपिए रहेकाे छ ।
दिक्षाकाे जिपिए ३.४ रहेकाे शिक्षा युवा तथा खेलकुद साखाले सार्वजनिक गरेकाे SEE नतिजामा उल्लेख छ ।
डडेल्धुराकाे परशुराम ४ कटाल बस्ने निकै मेहनति,जेहेन्दार छात्रा रहेकाे विद्यालयका प्रअ जनक अवस्थिले वताए ।
अवस्थिले भने ‘दीक्षा समय तालिका अनुसार घरमा र बिद्यालयमा अध्ययन गर्थिन पढाइमा मात्र नभई अनुशासन र वाहियज्ञान बटुल्ने उनमा अदभुत क्षमता थियाे,।
हाम्राे यश भागेश्वर माबि कटालमा ९९ जना परिक्षामा सहभागी सबै अनुसासित , लगनशिल थिए ती सवजना मध्ये दीक्षा उत्कृष्ठ भएकोमा बिद्यालय परिवार निकै खुसि छौं भन्छन बिद्दालय ब्यवस्थापन समिति अध्यक्ष शेरसिह माल (डायमण्ड)
डायमण्डले भने ‘काेराेना कहर देखि शैक्षिक क्षेत्र निकै धरासायि बनेकेा छ, शिक्षाकाे गुणस्तरका लागि सरकारकाे नीति,नियम,लगानि बालवालिकामा हुनु पर्छ ।
हाम्राे बिद्यालयमा शिक्षाकाे गुणस्तर सुधारका लागि ४ पिल्लर बलियाे पारिएको छ । विद्यार्थीकाे चाप पनि बढि नै छ ।
अभिवाबक,शिक्षक,बिद्यार्थि र बिब्यस समितिकाे कडा मेहनत र परिश्रम रहेकाे उनले सुनाए ।
सरकारि बिद्दालय तर्फवाट उत्कृष्ट जिपिए ल्याएकाेमा दिक्षा भट्ट र उनका अभिवाबकमा खुसि छाएकाे छ ।
