परशुराम ५ का अध्यक्ष शाही द्वारा १ वर्षको उपलब्धी सार्वजनिक

रुपा नेपाली ,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ५ का निर्वाचित वडा अध्यक्ष दिल वहादुर शाहीले आफ्नो १ वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेकाछन ।
उनले असार २३ गते वडा.न ५ को कार्यालय सभाहलमा रेडियो परशुराम एफ.एम.द्वारा आयोजित सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षामा जनतामाझ आफ्नो एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका हुन ।
३० बैसाख २०७९ मा वडा.न ५ को अध्यक्षमा निर्वाचित भए पश्चात आफुले वडाको सिमित वजेटको बढि भन्दा बढि सदुपयोग गरि जनमुखी काम गरेको सुनाए ।
शिक्षा, स्वास्थ्य,सिचाई, खानेपानी, सडक यातायात र लक्षित कार्यक्रमलाई आफुले वढवा दिएको वताए ।
जनताको नजिक वडा सरकार भएकाले पनि आफु वडा अध्यक्षमा विजयी भए पश्चात जनताको आशा, अपेक्षामा आधारित कार्यक्रम लाई प्राथमकिता दिन लागेको उनले वताए ।
उनले भने ‘अहिलेको युग प्राबिधि र सूचनाको युग हो सोही अनरुप हामी सूचनामा अगाडी बढि रहेकाछौ ।
एक वर्षको अवधीमा वडाले सक्ने जति वडावाट, नगरले सक्ने जति नगरवाट, प्रदेश र संघ सरकारवाट गर्नु पर्ने बिकास निर्माणमा आफुहरुको पहल भएको उनले दाबी गरे ।
यस क्षेत्रको अति पबित्र र धार्मीक, परशुराम तिर्थ , कलपठे्, बहादुरे पर्यटकिय क्षेत्रको प्रचार–प्रसारमा आफुहरु जुटेको धारणा ऊनले व्यक्त गरे ।
यहाँका कयौन धार्मीक ऐतिहासिक क्षेत्रको प्रचार, संरक्षण र सम्र्वधन गरि आन्तरिक तथा वाह्यि पर्यटकको गन्तव्य वनाउने प्रतिवद्वता अध्यक्ष शाहीको थियो ।
हामी निर्वाचित भए पश्चात यहाँको भुगोल ,माटो, युवा जनशक्ति ,वन जंगल जनताको जिवनस्तरको अध्ययन गरि कृषि उत्पादन, पशुपालन पालन, आधुनिक खेती किषानीमा नागरिकलाई जोड्ने प्रयास भइरहेको उनले सुनाए ।
तुरुन्त सबै काम एकै पटक हुन नसक्ने भएकाले क्रमागत रुपमा बाकि अधुरा र अपुरा कामहरु आगामि चार वर्षमा सबै गर्ने प्रतिबद्वता शाहिको थियो ।
जसरी हामीलाई यहाँका जनताले मत दिएर जिम्मेवारीमा पुगाउनु भएको
त्यो बिश्वास त्यो मतको कदर गरि हामी आफ्नो बुद्वि, विबेक र क्षमताले जनताको शिर नझुक्ने गरि काम गर्ने धारणा उनले राखे ।
आर्थिक वर्ष २०७९÷०८० मा वडा.न ५ मा १५ लाख बजेट विनियोजन भएकोमा ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, नहर, मठमन्दिर र बिद्यालयमा टेवा दिइएको उनले जनतामाझ प्रष्ट्याएका हुन ।
वडा अध्यक्ष दिल वहादुर साहिको संयोजकत्व तथा परशुराम एफ.एफ. जोगबुडाको सहजीकरणमा वडा.न ५ मा सार्वजनिक सुनवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
राजनैतिकदल, समाजसेवि, बुद्विजिवबी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकारहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा सम्पन्न भएको वडा सचिव पुष्पराज पाण्डेयले गाउँघरन्यूजलाई जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.