पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकाका महिला स्वास्थ स्वयमसेविकाहरुलाई स्वास्थ्य कार्यालय,डडेल्धुराकाे आर्थिक सहयाेगमा स्वास्थ साखा परशुरामकाे आयोजनामा १० दिने आधारभूत तालिम दिईएकाे छ ।
नगरपालिकाकाे शिद्दाथान, स्थित सभाहलमा असार १३ गते देखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हाे ।
परशुराम नगरपालिकामा जम्मा ८५ जना महिला स्वास्थ्य स्वयम् सेविका रहे पनि नया थप भएका १२ जना लाई आधारभूत तालिम दिईएकाे छ ।
१० दिने उक्त आधारभूत तालिमकाे सहजजिकरण स्वास्थ्य साखा परशुरामका प्रमुख तेज वहादुर सिह,उपप्रमुख हिक्मत वहादुर धामि,जनस्वास्थ्य निरिक्षक जय वहादुर धामि,उमेश साउ,सिअनमि पुनम धामि र मन कुमारि थापा, सिअहेव पदमराज भट्टराई सहितका प्रशिक्षण दिनु भएको साखाले जनाएको छ ।
परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जाेशिकाे प्रमुख आतिथ्यतामा १० दिने तालिम समापन गरिएको साखा प्रमुख तेज वहादुर सिहले गाउँघरन्युज लाई वताए ।
